शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आजका अनगन्ती बकासुरको सामना कसले गर्छ ?

मङ्गलबार, ०४ जेठ २०७८, १२ : ५३
मङ्गलबार, ०४ जेठ २०७८

रश्मि वंशल

उसो त मलाई आँकडासँग खासै प्रेम छैन । शब्दतर्फ रुझान छ । तर आजकल म दैनिक एक आँकडाको प्रतीक्षा गर्छु । आज कोरोनाको केसमा के उतार चढाव देखियो ? जीवनको सेन्सेक्स (मुम्बई स्टक एक्सचेन्जमा सेयरको मूल्य सङ्केत गर्ने) ले कतिबेला हाम्रो दिमाग र हृदयलाई पूरै कब्जा ग¥यो, थाहा नै भएन । र, को यो जञ्जालबाट निस्कनेछ । त्यो अनुमान लगाउन पनि मुस्किल छ ।

दोस्रोतर्फ, सेयर बजारको सेन्सेक्स एकै दिशामा अघि बढिरहेको छ, माथितर्फ । भनिन्छ, अर्थव्यवस्था कोभिडले हल्लिएको छ, उत्पादनमा मन्दी छ । तर महामारीका क्रममा बीएसई (बम्बई स्टक एक्सचेन्ज) सूचकाङ्कले ३१ हजारदेखि ४९ हजारसम्म छलाङ मारेको छ । तपाईं हाम्रो शरीरमा इम्युनिटी होस्– नहोस्, सेयर बजारको दुनियाँले समस्याबाट इम्युनिटी पाइसकेको छ । 

यदि तपाईं पूरै वर्षभरि हातमा हात बाँधेर बस्नुभएको थियो भने पनि सेयर बजारमा  तपाईंको लगानीले आफै नाचेर खल्ती भारी गरिदिएको छ । र, जसले कडा मिहिनेत गरे, चाहे ती डाक्टर हुन् वा पुलिस वा कर्मचारी, उनीहरुलाई त्यस्तो केही फाइदा भएन । कतिले त समयमा तलब पनि पाएनन् । अनि कतिले त ज्यानै गुमाए ।

जहाँ एकातर्फ राम्रा मानिसहरुले नचिनेका मानिसहरुलाई अक्सिजन वा दबाई पुर्‍याए, त्यही अर्कोतर्फ केहीमा अल्छीपन देखियो । अस्पतालदेखि मसानघाटसम्म, चारैतर्फ लुट मच्चिएको छ । जस्तो कि वास्तविक भगवान् केवल पैसा नै हो । तर सोच्नुस् त, यो पैसा के हो ?

जब मार्को पोलो तेह्रो शताब्दीमा चीन पुगे तब उनलाई आश्चर्य भयो कि त्यहाँ सुन या चाँदीको सिक्काको चलन थिए । चीनका सम्राट कुब्ला खाँले एक नयाँ मुद्रा स्थापित गरेका थिए, जो कागजको टुक्रा थियो । यही कागजलाई कारोबारका लागि जायज मानिन्छ भनेर सम्राटले घोषणा गरेका थिए, मानिसहरुले मानिदिए ।

यो एक क्रान्तिकारी विचार थियो किनभने अब केवल विश्वासमा लेनदेन टिक्नेछ । फेरि यस्तो समय आयो, जब हाम्रो धेरै पैसा कागजमा मात्रै होइन, केवल हावामा रह्यो । आज यदि मैले बैङ्कमा लगइन गरेँ भने मेरो एकाउन्टमा ५ लाखको बचत जम्मा छ ।

मलाई के विश्वास छ भने मैले चाहेको बेला यसको प्रयोग गर्न सक्नेछु । यदि यही पाँच लाख यदि सिक्काका रुपमा मैले घरमा राख्नुपरेको भए ? सोच्दा हाँसो लाग्छ ।

त्यसकारण पहिलेको जमानामा केवल राजा–महाराजाहरुसँग शाही खजाना हुन्थ्यो । आम मानिससँग लाखौँ– करोडौँको सङ्ख्यामा बचत गर्ने क्षमता थिएन ।

आज पैसाको रूप निराकार छ र हाम्रो भोकले हरसीमा पार गरिसकेको छ । महाभारतमा बकासुर नामका राक्षस थिए । उसको पेट यति विशाल थियो कि मानिसलाई पनि उसले भोजन मान्थ्यो । गाउँलेहरुले त्यससँग सम्झौता गरेका थिए, ‘हामीलाई हमला नगर । दैनिक हामी धेरै खानासँगै एक मानिस पनि पठाउँछौँ ।’

मलाई के लाग्छ भने आज एक नभएर अनेक बकासुर हामी बीचमा छन् । यस्ता नेताहरू जो सत्ता हासिल गर्न कुनै पनि हदसम्म जान सक्छन् । त्यस्ता अधिकारी पनि छन् जो घुस नलिई काम गर्दैनन् । व्यापारीहरू मौकाको फाइदा उठाएर पाँच गुणा मुनाफा जम्मा गर्दैछन् । उद्योगपतिहरू  करोडौँ मानिसलाई ठगेर पनि स्वतन्त्र घुमिरहेका छन् ।

महाभारतका राक्षसलाई त भीमले मारे । तर आजका अनगन्ती बकासुरको सामना कसले गर्ने ?

यो सारा खेल के विश्वासमा टिकेको छ भने एक दिन मेरा अनगन्ती पैसा काम आउनेछ । तर कोरोनाले हामीलाई के सिकाएको छ भने भोलिको कुनै भरोसा छैन । आज धेरै प्रियजनहरुको शोकसभा गुगल मिटमा भइरहेको छ र सबैको मनमा एकै भाव छ । जीवनकालमा जसले प्रेम गरे, जसले दिलले सबै दिए उनीहरुकै लागि हामी आँशु बगाउँदैछौँ । यादहरुको छाल चलिरहेको छ । के तपार्इंले पैसाको मात्र लेनदेन गर्नुभयो ? अर्काको दुःखमा ब्याज कमाउनुभयो ? त्यसो भए यही बकासुर रूपमा लुपमा अड्किरहनु हुनेछ ।  त्यो अतृप्त आत्मालाई कहिल्यै शान्ति मिल्नेछैन ।

(भारतीय सञ्चारमाध्यम दैनिक भास्करबाट ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप