भक्तपुरका किसानलाई गहुँ भित्र्याउने चटारो, तस्बिरमा हेर्नुहोस्
मङ्गलबार, ०४ जेठ २०७८, १३ : १२
झण्डै तीन साता यताको निषेधाज्ञाले उपत्यकाका सर्वसाधारण घरभित्रै सीमित भएका छन् । दोस्रो लहरको कोरोनाभाइरसको संक्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाइएको छ ।
तर, उपत्यकाको ग्रामिण र काँठ क्षेत्रका किसानको दैनिकी भने उस्तै छ । काँठ क्षेत्रमा कोरोना संक्रमणको भय त छ तर संक्रमणको जोखिमका बीच दैनिक कृषिकर्ममा उनीहरु लागिपरेका छन् ।
यस्तै दैनिकी मंगलबार भक्तपुरको चाँगुनारायणस्थित फाँटमा देखिन्थ्यो । किसानहरू चर्को घामको परवाह नगरी गहुँ बाली भित्र्याउन व्यस्त थिए ।
गत कात्तिक/मंसिर महिनातिर लगाइएको गहुँ बाली अहिले भित्र्याउने चटारोमा किसान लागेका हुन् । उपत्यकाका कृषियोग्य भूमिका हिउँदको समयमा गहुँ, आलु, तरकारीलगायत लगाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी कार्यव्यवस्था परामर्श समितिकाे बैठक सुरु
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा धर्ना सुरु (तस्बिरहरु)
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
नेपालमा सांस्कृतिक कूटनीति : जनसम्पर्क बढाउन महोत्सव र मेला
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच