बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कार्यदलको बैठक ३ बजे सिंहदरबारमा बस्ने

मङ्गलबार, ०४ जेठ २०७८, १३ : १३
मङ्गलबार, ०४ जेठ २०७८

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विवाद मिलाउन गठित कार्यदलको पहिलो बैठक आज मंगलबार बस्ने भएको छ । कार्यदलको औपचारिक पहिलो बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको कार्यदल सदस्य रघुजी पन्तले रातोपाटीलाई बताए । 

‘कार्यदलको बैठक तीन बजे सिंहदरबारमा बस्ने कुरा भएको छ’ पन्तको भनाइ छ ।  यसअघि कार्यदल सदस्य शंकर पोखरेल उपत्यका बाहिर र भिम रावलको आँखामा समस्या आएकाले मंगलबार बैठक बस्ने नबस्ने अनिश्चित रहेको नेताहरुले बताएका थिए ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँच–पाँच गरी १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो । कार्यदलमा सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप