मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सर्जियो अग्वुइरोले गुमाउन सक्छन् च्याम्पियन्स लिग फाइनल

मङ्गलबार, ०४ जेठ २०७८, १३ : ५७
मङ्गलबार, ०४ जेठ २०७८

एजेन्सी । म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । र, विगत १० वर्षदेखि निरन्तर सिटीबाट उत्कृष्ट प्रदर्शन गरिरहेका सर्जियो अग्वुइरोका लागि सिटीको जर्सीमा मैदान उत्रने यो अन्तिम अवसर हो । 
तर, यसका बाबजुद अग्वुइरोले यस खेल खेल्न नपाउने सम्भावना पनि उत्तिकै छ । सिटीका प्रशिक्षक पेप गार्डीओलाले बिदाई खेलका रुपमा अग्वुइरोको स्थान टोलीमा सुनिश्चित नहुने बताए । उनले भावनामा नभएर जीतका लागि टोलीको चयन गरिने बताए । 

इङ्ग्लिस प्रिमियर लिगको सिजन सकिनु अघि आइतबार अग्वुइरोले फिटनेस टेस्ट दिनेछन् । २९ मेइमा च्याम्पियन्स लिगको फाइनल हुनेछ । त्यसमा अग्वुइरोको भूमिकाबारे सोधिएको प्रश्नमा गार्डीओलाले भनेका छन्, ‘जितका लागि जुन निर्णय उत्कृष्ट हुन्छ, हामी त्यही गर्छाै । म कडा हुनेछु र हुनुपर्छ ।’

उनले थपे, ‘यदि सर्जियो फिट रहे भने उनले हामीलाई सहयोग गर्नेछन् । यो पक्का छ । यदि उनले गोल गर्न सहयोग गर्छन् भने उनी टोलीमा हुनेछन् किनकि यो च्याम्पियन्स लिग फाइनल हो ।’

मंगलबार ब्रिगटन विरुद्धको प्रिमिय र लिग खेलमा भने खुट्टाको चोटका कारण अग्वुइरो सहभागी हुने छैनन् । शुक्रबार न्युक्यासल विरुद्धको खेलमा पनि उनी समावेश थिएनन् । अन्तिम पटक सिटीले चेल्सीविरुद्ध २–१ को जीत हासिल गरेको खेलमा उनी ७० मिनेटसम्म मैदानमा देखिएका थिए । यस खेलमा उनले पेनाल्टी पनि गुमाएका थिए । 

चोटका कारण यस सिजन अर्जेन्टिनी खेलाडीले धेरै खेल खेल्न पाएका छैनन् । उनले १८ खेलमा केवल चार गोलमात्रै गरेका छन् । उनले अर्को सिजन क्लब छाड्ने घोषणा गरिसकेका छन् । बार्सिलोना र चेल्सी यी खेलाडीलाई भित्र्याउन आतुर देखिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप