बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपाल भेट्न गृहमन्त्री बादल पुगे कोटेश्वर

मङ्गलबार, ०४ जेठ २०७८, १४ : ०४
मङ्गलबार, ०४ जेठ २०७८

 गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । जेठ ६ गते बिहीबार हुने बागमती प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न थापा नेता नेपालको निवास कोटेश्वर पुगेको थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । ​
भट्टराईका अनुसार नेता नेपाल र थापाबीच अहिले भेटवार्ता जारी छ । 

बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धन दुवैबाट डा खिमलाल देवकोटा उम्मेदवार बनेका छन् ।

थापाको चुनाव चिन्ह सूर्य रहेको छ भने देवकोटाको कलम रहेको छ । नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वासका साथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलनबिन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेका छन् । यद्यपी एमालेले बादलको पक्षमा मतदान गर्न सोमबार पार्टीमा ह्वीप जारी गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप