बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सले नेपालमा रोकिएका भारतियलाई साउदी अरेबिया लैजान चार्टर्ड उडान गर्दै

मङ्गलबार, ०४ जेठ २०७८, १४ : ३१
मङ्गलबार, ०४ जेठ २०७८

काठमाडौं । हिमालय एयरलाइन्सले नेपालमा रोकिएका भारतिय नागरिकलाई साउदी अरेबिया लैजानका लागि चार्टर्ड उडान गर्ने भएको छ । नेपाल सरकारको अनुमति अनुसार चार्टर्ड उडान गर्न लागिएको एयरलाइन्सले जनाएको हो । उडान आज (मे १८) काठमाडौं देखि साउदी अरेबियाको दम्मामका लागि ३ वटा उडान हुने पनि एयरलाइन्सले जनाएको छ । 

एयरलाइन्सले चार्टर्ड उडानका लागि नयाँ भाडादर पनि जारी गरेको छ । जसमा काठमाडौं देखि दम्मामका लागि ८२० अमेरिकी डलर तोकेको छ । साथै यात्रुले अनिवार्य रुपमा पीसीआर जाँच गरेको हुनुपर्नेछ  । पीसीआर नेगेटिभ आउको रिपोर्ट देखाएर मात्रै यात्रा गर्न पाउने पनि एयरलाइन्सले जनाएको छ । यसैगरी, साउदी अरेबियाको नियमअनुसार यात्रुले अनिवार्य क्वारेन्टिनमा पनि बस्नुपर्ने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप