शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमानको बडी डबल बनेर चर्चामा आए परवेज काजी, बताए कति छ तलब

मङ्गलबार, ०४ जेठ २०७८, १५ : २०
मङ्गलबार, ०४ जेठ २०७८

सलमान खान स्टारर रिलिज फिल्म राधे, पछिल्लो केही दिनदेखि सोसm मिडियामा चर्चामा छ । सलमानको यो फिल्ममा बडी डबलको पनि प्रयोग गरिएको छ । सलमानका बडी डबल परवेज काजीले सोसल मिडियामा सलमानसँग सेटका केही तस्बिर सेयर गरेका छन् ।

परवेज काजी सलमान जस्तै देखिने भएकाले निकै चर्चित छन् । थुप्रै फिल्ममा उनले सलमान खानको बडी डबलको भूमिका निभाइसकेका छन् । हालै परवेजले सोसल मिडियामा सलमानसँग मिल्दोजुल्दो पहिरन लगाएको तस्बिर सेयर गरेका छन् । परवेजको यी तस्बिरलाई सलमानका प्रशंसकले निकै राम्रो प्रतिक्रिया पाइरहेका छन् । स्मरण रहोस्, परवेज मुम्बईको मीरा रोडका बासिन्दा हुन् । उनी पछिल्लो सात वर्षदेखि सलमानसँग काम गरिरहेका छन् । परवेजको पहिलो फिल्म ‘प्रेम रतन धन पायो’ थियो ।

 आफ्नो पछिल्लो फिल्म राधेको सुटिङ अभिनयबारे कुरा गर्दै परवेज भन्छन्, ‘राधेको सुटिङ भगवानको कृपाले निकै राम्रो रह्यो । मलाई निकै राम्रो लाग्छ कि म सलमान खानसँग काम गर्छु र उहाँले सधैं मलाई मौका दिनुहुन्छ । म त उहाँसँग काम गर्न पाउँदा निकै दङ्ग हुन्छु ।’

‘म भगवानप्रति असाध्यै कृतज्ञ छु कि उहाँले मलाई सलमान खानजस्तो व्यक्तिको झलक दिनुभएको छ । जता जान्छु, मलाई मानिसहरुले निकै सकारात्मक प्रतिक्रिया दिनुहुन्छ । उनीहरु टाढाबाट मलाई देखेर थोरै अल्मलिनुहुन्छ । विमानस्थल वा सार्वजनिक स्थलमा जब जान्छु तब मानिसहरुले मलाई एकपटक फर्किएर पक्कै पनि हेर्नुहुन्छ । कहिलेकाँही त मलाई असाध्यै लाज लाग्छ किनभने उहाँ यति सुन्दर हुनुहुन्छ, म त उहाँको १० प्रतिशत पनि छैन । यति ठूला सुपरस्टार, उहाँको जति तारिफ गर्दा पनि कम हुन्छ ।’

‘सलमानसँग काम गरेको सातदेखि आठ वर्ष पुगिसकेको छ । उहाँले मलाई पहिलो दिनदेखि नै मन पराउनुभएको हो । कहिलेकाँही त हँसी मजाक पनि गर्नुहुन्छ । एकपटक सरले भन्नुभएको थियो, ‘यार परवेज, एउटा कुरा भन त, म जतिबेला ऐना हेर्छु तब म सोच्छु कि तिमी मजस्तो देखिन्छौ कि म तिमीजस्तो देखिन्छु ।’ उहाँले थुप्रै अन्तरवार्तामा मेरो बारे कुरा गर्नुभएको छ । यो उहाँको महानता हो ।’

परवेज आफैं पनि सलमान खानका निकै ठूला प्रशंसक हुन् । उनले थुप्रै फिल्ममा सलमान खानको बडी डबलको रुपमा काम गरेका छन् । यसमा दबंग थ्री, भारत, रेस थ्री, टाइगर जिन्दा हे र प्रेम रतन धन पायोजस्ता फिल्म समावेश छन् ।

उनले थपे, ‘आजभन्दा सात–आठ वर्ष अघि म बान्द्रामा साधारण जागिर खान्थे । ब्रान्ड मर्चेन्डाइजिङको काम थियो, म सधैं मीरा रोडबाट ट्रेनबाट अफिस जान्थेँ । १३ वर्षको उमेर देखि नै मेरो कद सलमान खानजस्तै भएका कारण मानिसहरुले मलाई सल्लू भाइ भनेर बोलाउँथे । म पछि पनि सलमान खानजस्तै देखिन थाले । मेरो तस्बिर देखेर नै कोओर्डिनेटर टिमले बोलाएको थियो ।’

‘मेरो पहिलो फिल्म प्रेम रतन धन पायो थियो । उहाँसँग मेरो पहिलो भेट निकै अविस्मरणीय रह्यो । म निकै बच्चा जस्तै थिएँ । उहाँले पहिलो दिन नै मलाई भन्नुभएको थियो, ‘बेटा, तिमीले आफ्नो बडीमा मात्रै ध्यान दिनु । म जहाँ जान्छु, मसँगै हिँड्नु ।’ मानिसहरु निकै टाढाटाढा बसेर सलमान खानको एउटा झलकको प्रतीक्षा गर्छन्, त्यहाँ भगवानले मेरो दानापानीको माध्यम बनाइदिनुभयो । म उहाँसँगै बस्छु । मैले कहिल्यै सोचेको थिइनँ कि म कहिल्यै यस्तो गर्नेछु । कामको सुरुवातमा त विश्वास नै लाग्दैन थियो । सरले जे खानुहुन्छ त्यो मलाई पनि खुवाउनु हुन्छ । यो सबै परिकथाजस्तो थियो ।’

‘मेरो परिवारमा मेरी आमा र पिता छन् । मेरो विवाह भइसकेको छ र एक छोरी पनि छिन् । साथै दुई बहिनी पनि छन् । जब बान्द्रामा काम गर्दथेँ तब १५ देखि २० हजार सम्मको तलब पाउँथे । यहाँ धेरै नै पैसा कमाइन्छ । भगवानको कृपा हो, आठदेखि १० गुणा बढी कमाउँछु । परिवारका सदस्य खुसी हुनुहुन्छ । म सलमान सरको गुण कहिल्यै बिर्सन सक्दिनँ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप