शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताललाई शिवम् सिमेन्टको अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग

मङ्गलबार, ०४ जेठ २०७८, १५ : ३४
मङ्गलबार, ०४ जेठ २०७८

हेटौंडा । नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडद्वारा हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १९० थान अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

कम्पनीले उद्योग स्थल स्थित हेटौंडा उपमहानगरपालिका हटियामा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिन्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान सीसीयू बेड तथा ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु शिवम् सिमेन्टद्वारा उक्त अस्पताललाई हस्तान्तरण गरेको हो ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप