बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

मङ्गलबार, ०४ जेठ २०७८, १५ : ३७
मङ्गलबार, ०४ जेठ २०७८

देशका विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका-७ रंगपुर टोल बस्ने निर्जामुल अंसारीका छोराहरू ७ वर्षीय अमन अंसारी र ८ वर्षीय अहमान अंसारी घरबाट करिब ३ सय मिटर टाढा नवनिर्मित रंगपुर मदर्साको भवनमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् । 
 दुवै दाजुभाइ सोमबार साँझदेखि आफ्नै घरबाट हराएकामा प्रहरीले खोजी गर्ने क्रममा उक्त भवनमा उनीहरूको शव फेला परेको हो । 

यसैगरी मोरङको विराटनगर महानगरपालिका-१२ सैनिक टोलस्थित सडकमा करिब ५० वर्षीय महेश मरीक नाम बताउने पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 
    रौतहटको परोहा नगरपालिका-६ बसन्तपट्टी बस्ने ३६ वर्षीय उपेन्द्र राउत पनि मृतावस्थामा फेला परेका छन् ।  कुर्मी सोही ठाउँस्थित जग्गामा सोमबार मृत अवस्थामा फेला परेका हुन् । 
सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप