सेयर बजारमा इतिहासकै सर्वाधिक कारोबार
काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा अडिएको छ । नेप्से १.२६ प्रतिशतले बढेको हो ।
उत्पादन तथा प्रशोधन बाहेक सबै समूहमा उछाल आएको छ । सबैभन्दा बढी जीवन बिमा कम्पनी २०४.१४ अंकले बढेको छ । आज १० वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले अर्थात सर्किट लेभलमा बढेको छ । नेप्से सूचक र खरिदबिक्री रकम दुवैले मंगलबार नयाँ रेकर्ड कायम गरेका हुन् ।
खरिदबिक्री रकम ६७ करोड ९२ लाख रुपैयाँभन्दा बढी सहित नेपाल पुनर्बिमा कम्पनी अगाडि छ । दोस्रो र तेस्रोमा क्रमशः नेशनल लाइफ इन्सुरेन्स र अरुण काबेली हाइड्रोपावर परेका छन । झन्डै ३ दर्जन कम्पनीमा भाउ बढेर सकारात्मक सर्किट ब्रेकर लागेको छ । होटेल तथा पर्यटन, फाइनान्स, हाइड्रोपावर लगायतका समूहमा आकर्षण बढी देखिएको छ । २१५ कम्पनीको २ करोड ३१ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण