माछापुच्छ्रे बैंकले स्वास्थ्य उपचारका लागि १० लाखसम्मको क्रेडिट उपलब्ध गराउने, किस्ताबन्दीमा तिर्न सकिने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आमनागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुबिधा संचालनमा ल्याएको छ।
यस सुबिधा अन्तर्गत ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्। उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई १० लाखसम्मको रकम प्रदान गर्नेछ।
बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरुले उक्त सुबिधा लिन सक्नेछन्। हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकले अनलाइन आवेदन दिन सक्नेछन् ।
हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरुलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोहो गर्न मद्दत पुग्ने आशा बैंकले गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बिभिन्न समयमा यस्ता सुविधाहरु संचालनमा ल्याउँदै आएको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री
-
थाई–म्यान्मार सीमा सहर नजिकै फेरि झडप सुरु
-
सेकेन्ड ह्यान्ड आइफोन किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
सिस्टमले चलेको देश जापान
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो