शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गीता ‘माँ’ को सिन्दुर लगाएको तस्बिरले हंगामा मच्चियो, दिइन् यस्तो स्पष्टीकरण

मङ्गलबार, ०४ जेठ २०७८, १७ : ०१
मङ्गलबार, ०४ जेठ २०७८

भारतीय कोरियोग्राफर गीता कपूर आजकाल डान्स रियालिटी शो सुपर डान्सरकी निर्णायकको रुपमा देखिएकी छिन् । तर पछिल्लो दुई दिनदेखि गीता माँ आफ्नो शोका कारण नभई एक तस्बिरका कारण अचानक चर्चामा आएकी छिन् । गीत कपूरले आफ्नो इन्स्टाग्राममा केही तस्बिर सेयर गरेकी थिइन् । यी तस्बिरमा गीता रातो जोडीमा सजिएकी छिन् । यतिमात्रै होइन, अविवाहित गीताले सिउँदोमा सिन्दूर भरेको देखेर धेरै चकित पनि परे । तसर्थ खैलाबैला भयो ।

कतै उनले अचानक विवाह त गरिनन् ? धेरैले अनुमान गर्न थाले । यो फोटोको क्याप्सनमा गीताले ब्राइड भनेर ह्यासट्याग पनि सेयर गरेकी छिन् । उनको यो पोस्टमा धेरैले आखिर उनले कसको नामको सिन्दुर लगाएको भनेर प्रश्न पनि गरे ।

यस्तोमा गीता अब आफैंले स्पष्टिकरण दिएकी छिन् । गीताले एक भारतीय दैनिकसँगको फोनवार्तामा आफूले विवाह नगरेको र यो सबै आफूले ‘सुपर’ डान्सर को आउँदो एपिसोडका लागि गरेको बताइन् । गीताले भनिन्, ‘होइन, मैले विवाह गरेको छैन । तपाईंलाई मेरो बारे थाहा छ, मैले विवाह गरिहाले पनि यो कुरा कसैलाई पनि लुकाउने छैन । म अहिले नै कसरी विवाह गर्न सक्छु, मैले केही महिना अघि मात्रै आमा गुमाएकी छु । त्यसैले यो सबै झुटो हो ।’

कसैले यो तस्बिरलाई इडिट गरेको हो त भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘यो तस्बिरमा कसैले पनि केही गरेको छैन । मैले साँच्चै नै सिन्दुर लगाएकी छु । ’

उनी थप्छिन्, ‘हो मैले सिन्दुर लगाएकी छु । यो तस्बिर डान्स रियालिटी शो सुपर डान्सरको नयाँ एपिसोडका लागि हो । यो शोको आउँदो एपिसोड बलिउडका सदाबाहर नायिकाका लागि राखिएको छ । त्यसैले म रेखा जी जस्तै तयार भएकी छु । तपाईंहरु सबैलाई थाहा छ, म रेखा जीको कति ठूलो प्रशंसक हुँ, म उनीजस्तै तयार भएकी छु । उहाँले पनि सिन्दुर लगाउनु हुन्छ त्यसैले मैले पनि सिन्दुर लगाएकी छु ।’

यतिमात्रै होइन, उनी भन्छिन्, ‘मैले पहिलो पटक सिन्दुर लगाएकी भने होइन । मैले पहिले पनि सिन्दुर लगाइसकेकी छु । म भगवान शिवको भक्त हुँ, त्यसैले हरेक सोमबार पूजा गरेपछि म सिन्दुर लगाउँछु । यहाँसम्म कि मैले होलीमा पनि सिन्दुर लगाएकी छु । त्यसैले मैले यसअघि सयौंपटक  सिन्दुर लगाइसकेकी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप