बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभा सदस्य निर्वाचन: लुम्बिनीमा २ जनाको उम्मेदवारी

मङ्गलबार, ०४ जेठ २०७८, १७ : ५२
मङ्गलबार, ०४ जेठ २०७८

राष्ट्रियसभाका उपनिर्वाचनमा  लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने  निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका थिए ।  

नेपाली काँग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएको छ ।  उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित थिए । प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उनी काङ्ग्रेस पार्टीमा आवद्ध रहेका थिए ।

दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज उनीहरुले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकारी निमराज भट्टराईले बताए । प्रदेशमा रहेका १०९ स्थानीय तहमा एमालेका ९१, कांग्रेसका ६४,  माओवादी ३९, जसपाका १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ छन् । 

यसैगरी प्रदेशसभामा एमालेका ४१  सदस्य छन् । बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् भने अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । यस्तै  काँग्रेसका १९, माओवादीका १८, राष्ट्रिय जनमोर्चा १, जसपाका ६  छन्, भने दुई जनाले गठबन्धनलाई समर्थन गरेका छन् । प्रदेशसभा सदस्य ७९ र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता रहेको निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप