बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

देशभर १५९० संक्रमित आईसीयूमा, १ लाख ७ हजार बढी होम आइसोलेसनमै

मङ्गलबार, ०४ जेठ २०७८, १८ : ०३
मङ्गलबार, ०४ जेठ २०७८

देशभर कोरोना संक्रमित बढेसँगै उपचारको उचित प्रबन्धमा हाहाकार भएको छ । अधिकांश संक्रमित होम आइसोलेसनमै रहे पनि देशभरका कोभिड अस्पतालमा बेड पाउन समस्या भएको गुनासो चौतर्फी सुनिँदै आएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारको अध्यावधिक विवरणअनुसार ७ हजार ४४७ जना संक्रमित मात्रै संस्थागत आइसोलेशनमा रहेका छन् । जसमध्ये १ हजार ५९० जना आईसीयू र ३९० जना भेन्टिलेटरमा रहेका छन् । 

त्यसबाहेकका ठूलो संख्या अर्थात होम आइसोलेशनमा बस्नेको संख्या १ लाख ७ हजार बढी रहेको छ । मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार १ लाख ७ हजार ८२ जना होम आइसोलेशनमा रहेका हुन् ।  मन्त्रालयका अनुसार प्रदेश १ मा १० हजार ५२२, प्रदेश २ मा ६ हजार ६६९, बागमतीमा ४७ हजार ८४४, गण्डकीमा ८ हजार २२०, लुम्बिनीमा २२ हजार ९२, कर्णालीमा ४ हजार ७२२ र सुदूरपश्चिममा ७ हजार १३ संक्रमित होम आइसोलेशनमा रहेका छन् । 

यस्तै संस्थागत आइसोलेशनमा बस्नेमध्ये प्रदेश १ मा ८५३, प्रदेश २ मा ६८७, बागमतीमा २ हजार ४६८, गण्डकीमा २६०, लुम्बिनीमा १ हजार २४२, कर्णालीमा ४३० र सुदूरपश्चिममा १ हजार ५०७ जना रहेका छन् । उपत्यकामा २२८ आइसोलेशन बेड गरिएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप