शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ९५९ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, ०४ जेठ २०७८, १८ : ४२
मङ्गलबार, ०४ जेठ २०७८

गण्डकी प्रदेशमा थप ९५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ६३५ जनाको नमुना परीक्षण गरिएकोमा थप ९५९ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

मंगलबार कास्कीका ४१७,स्याङजाका ८६, बाग्लुङ १२३, पर्वतका ७४, म्याग्दी २७, मुस्ताङ १, तनहुँ ११२, गोरखा ३५, लमजुङमा ८ र नवलपुरमा ७६ जनामा संक्रमण देखिएको हो ।  प्रदेशमा देखिएका ९५९ जना संक्रमितहरु मध्ये ४८० पुरुष र ४७९ जना महिला रहेका प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले बताए । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा ४२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ३९८ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप