शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको खोप उपलब्धताबारे गम्भीर हुन पूर्व उपकुलपतिहरूको आग्रह

मङ्गलबार, ०४ जेठ २०७८, १९ : ५६
मङ्गलबार, ०४ जेठ २०७८

काठमाडौं । नेपालमा कोरोना संक्रमणको गति तीव्र रूपमा बढेको उल्लेख गर्दै पूर्व उपकुलपतिहरुले सरकारलाई पहिलो मात्राको खोप लिइसकेका नागरिकलाई समयमै दोस्रो चरणको खोप उपलब्ध गराउन माग गरेका छन् ।

उनीहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै कोभिसिल्डको पहिलो मात्रा लिएको आठ हप्तामा दोस्रो मात्रा लिनुपर्ने भए पनि जनताले खोप पाउन नसकेको उल्लेख गरेका छन् ।

उमेर समूह ६० देखि ६४ वर्ष सम्मकाले पहिलो मात्रा पनि पाउन नसकेको अवस्थामा सरकार सरकार के गरिरहेको छ भन्नेबारे जनतालाई थाहा नभएको पनि उनीहरुले विज्ञप्तिमा जनाएका छन् ।

‘सरकारको यो निष्क्रियताप्रति खेद प्रकट गर्दै खोप लिन नपाएका जनता र खोपको पहिलो मात्रा लिइ सकेकाहरूलाई तोकिएको समयभित्रै दोस्रो मात्राको व्यवस्था अविलम्ब गरियोस् भनी हामी पूर्व उपकुलपतिहरू सरकारसँग माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा पूर्व उपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनप्रकाश जङ्ग शाह, कैलाशनाथ प्याकुरेल, तोरणबहादुर कार्की, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र  नरेशमान बज्राचार्य छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप