ad

भारतमा बालबालिकाका लागि पनि कोरोना खोप लगाउन अनुमति

person explore access_timeजेठ ४, २०७८ chat_bubble_outline0

एजेन्सी । कोरोनाको तेश्रो लहरमा बालबालिकामाथि खतरा हुने खबर आइरहेकै बेला एउटा खुसीको खबर प्राप्त भएको छ । भारतले सरकारले बालबालिकाका लागि कोरोना खोपको ट्रायलका लागि अनुमति दिएको छ । मंगलबार भारतको नीति आयोगका सदस्य डा. विके पालले भने, ड्रग कन्ट्रोल जनरल अफ इन्डिया (डिसिजिआई) ले २ देखि १८ वर्षका बालबालिकालाई कोरोनाको दोश्रो र तेश्रो चरणको क्लिनिकल परीक्षणलाई अनुमोदन गरेको छ ।’


डा.पालले भने, ‘मलाई भनिएको छ कि यी परीक्षणहरु आगामी १० देखि १२ दिनमा सुरु हुनेछन् । यो बाहेक डिआरडिओ को विकसित एन्टी कोभिड औषधी टू डिजी लाई पनि आपतकालीन उपयोगका लागि स्वीकृत प्राप्त भएको छ । हामी यसलाई ट्रिटमेन्ट प्रोटोकलमा जोड्नका लागि औषधीको परीक्षण गर्दैछौं ।’



अहिले भारतमा को भ्याक्सिन १८ वर्षभन्दा माथिको उमेर समूहमा प्रयोग भैरहेको छ । दैनिक भास्करका अनुसार  एम्स पटना, मेडिट्रिना साइन्स इन्स्च्यिुट नागपुर, एम्स दिल्ली लगायतका अस्पताल र संस्था ५२५ बालबालिकामाथि खोप परीक्षणका लागि सहमत भएका छन् ।  







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।