शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचको गोलको थ्रिलरमा सिटीविरुद्ध ब्राइटनको उत्कृष्ट पुनरागमन

बुधबार, ०५ जेठ २०७८, ०७ : ५०
बुधबार, ०५ जेठ २०७८

१० खेलाडीमा सिमित म्यान्चेस्टर सिटी ब्राइटनसँग पाँच गोलको थ्रिलरमा २–३ गोलले पराजित भएको छ । दुई गोलको अग्रता बनाएको सिटीविरुद्ध ब्राइटनले उत्कृष्ट पुनरागमन गर्न सफल भएको हो ।

खेलको दोस्रो मिनेटमा नै इल्के गुन्डोगानले सिटीलाई अग्रता दिलाएका थिए । तर, जोआओ क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी १० औँ मिनेटमा नै १० खेलाडीमा सिमित बन्यो । यसका बावजुद दोस्रो हाफको शुरुवातमा फिल फोडेनले सिटीको अग्रता दोब्बर बनाएका थिए ।

तर, त्यसपछि भने ब्राइटनले गोलको वर्षा गर्यो । फोडेनको गोलको दुई मिनेटपछि नै लियान्डो ट्रोसार्डले गोल फर्काए भने एडम वेबस्टरले बराबरी गोल गरे । खेलको ७६ औँ मिनेटमा डान बर्नले निर्णायक गोल गर्दै ब्राइटनको पुनरागमन पुरा गरे । प्रिमियर लिगमा ब्राइटनले सिटीलाई हराएको यो पहिलो अवसर हो ।

सिटीले यसअघि नै लिग उपाधिमाथि कब्जा जमाइसकेको छ । तर, म्यानेजर पेप ग्वार्डिओलाले च्याम्पियन्स लिगको फाइनलअघि टोलीले आफ्नो खेलमा धेरै सुधार गर्नुपर्ने जिकिर गरे । सिटीले आगामी मे २९ मा युरोपियन प्रतियोगिताको फाइनलमा चेल्सीको सामाना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप