जिल्ला अस्पतालको ओपिडीमा भेटियो गाईको बथान, भिडियो भाइरल
भारतको जम्मूकश्मीरस्थित रामबन इलाकामा रहेको जिल्ला अस्पतालको एक दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस दृश्यमा एउटा अस्पतालको ओपिडी र त्यहाँ बसिरहेको गाई देखिन्छन् । यद्यपी, गाईबाहेक यो स्वास्थ केन्द्रमा अरु कोही पनि देखिदैंनन् । भिडियोमा जिल्ला अस्पतालको प्रतीक्षालयदेखि डिस्पेन्सरीसम्म गाईहरूको कब्जा रहेको देखिन्छ ।
आरामसँग उनीहरु यहाँ बसिरहेको देखिन्छ । मानौं कि, यो अस्पताल नभएर उनीहरुकै गोठ हो । यस दौरान न अस्पतालमा कुनै कर्मचारी थिए, न अधिकारी , न कुनै सुरक्षाकर्मी नै ।
जब भिडियो सामाजिक सञ्जालमा भाइरल भयो, तब यो घटना स्वास्थ अधिकारीहरु समक्ष पनि पुग्यो ।
यसपछि जिल्ला अस्पताल रामबनका मेडिकल सुपरिटेन्डेन्टले घटनाको जाँच गर्न आदेश दिए ।
खासमा, अस्पतलामा अहिले निर्माण कार्य चलिरहेको रहेछ । गेट पनि बनिसकेको रहेनछ । त्यहीकारण धेरै जनावर अस्पतालभित्र आउँछन् र आश्रय लिएर बस्छन् ।
जम्मू कश्मीरमा कोरोना संक्रमण बढ्दो छ । यहाँ मंगलबार ३९ सय ६७ जना कोरोनाबाट संक्रमित भए भने ७१ जनाको मृत्यु भयो । तर, यस राज्यमा स्वास्थ पूर्वाधार तथा अस्पतालहरू ठिक अवस्थामा छैनन् । जसकारण बिरामीहरुलाई उपचार पाउन मुस्किल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित