बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा अचानक ७३ तले भवन हल्लिएपछि भागदौड, चकित प्रशासनले अनुसन्धान थाल्यो

बुधबार, ०५ जेठ २०७८, १२ : ४२
बुधबार, ०५ जेठ २०७८

दक्षिणी चीनको शेनजेन शहरस्थित एक भवनमा अचानक कम्पन महसुस भएपछि त्यसलाई तत्काल खाली गर्नुपरेको छ ।

स्थानीय प्रशासनका अनुसार यो घटना मंगलबार बेलुका भएको हो । ९८० फिट अग्लो एसइजी प्लाजामा भएका मानिसहरुले एकाएक भवन हल्लिएको महसुस गरे ।

त्यतिबेला चीनमा कुनै पनि भूकम्प मापन गरिएको छैन । यसैकारण अब यो घटनाको अनुसन्धान थालिएको छ ।

२० वर्ष पुरानो यी ७३ तले भवनमा थुप्रै कार्यालय छन् र यसमा इलेक्ट्रोनिक्सको एउटा ठूलो बजार पनि लाग्ने गर्छ ।

यो भवन शेनजेन शहरको मध्यमा स्थित छ । करिब सवा करोडको जनसंख्या भएको यो शहरका मानिसहरुले यस भवनलाई एउटा ठूलो शपिङ सेन्टरको रुपमा परिचित छ ।

सोसल मिडियामा यो घटनाका थुप्रै भिडियो सेयर भइरहेका छन् जसमा यो भवनबाट मानिसहरु दौडिएर बाहिर निस्किरहेको देख्न सकिन्छ ।

सोसल मिडियामा सयौं मानिसहरुले यस विषयमा चिन्ता जताएका छन् । भूकम्प नआइकनै आखिर किन यो भवन हल्लियो भन्ने विषयमा धेरैले चासो व्यक्त गरेका छन् ।

चीनको सरकारी पत्रिका द ग्लोबल टाइम्सले आफ्नो रिपोर्टमा शेनजेनको फुशिया जिल्लामामा अवस्थित एसइजी प्लाजामा स्थानीय प्राधिकरणले चिनियाँ समय अनुसार दिउँसो करिब साढे १२ बजे भवन हल्लिएको खबर प्राप्त गरेको थियो र दिउँसो दुई बजेसम्म भवन खाली गराइएको थियो । घटना हुँदाको क्षण धेरै मानिसको उपस्थिती थियो ।’

शेनजेनका स्थानीय प्राधिकरणले आफ्नो ताजा बयान जारी गर्दै भनेको छ, ‘भवन आसपास जमिनमा कुनै चिरा परेको हामीले देखेनौं । यसबाहेक भवनको बाहिरी भागमा पनि कुनै क्षती पुगेको छैन । तर भवन यसरी हल्लिनु चिन्ताजनक हो । हामी यो घटनाको विस्तृत अनुसन्धान गरिरहेका छौं ।’

एसइजी प्लासा सन् २००० मा बनेर तयार भएको थियो । यो चीनमा १०४ नम्बरको सबैभन्दा अग्लो भवन हो । यस्तै संसारभरी यो २१२ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप