शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अक्षय खन्नाको नजरमा ऐश्वर्या राय सबैभन्दा सेक्सी नायिका, भने – नजर हटाउनै मुश्किल हुन्छ

बिहीबार, ०६ जेठ २०७८, १४ : ०४
बिहीबार, ०६ जेठ २०७८

हुन त बलिउडमा यस्ता थुप्रै नायिका छन् जसको सुन्दरताले धेरैलाई कायल बनाएको छ । तर जब सबैभन्दा सुन्दर अभिनेत्रीको कुरा आउँछ तब सबैभन्दा पहिला नायिका ऐश्वर्याको नाम लिने गरिन्छ । ऐश्वर्या रायका प्रशंसक लाखौंमा छन् । तर के तपाईंलाई बलिउडका केही सेलिब्रिटी पनि ऐश्वर्या रायका प्रशंसक भन्ने कुरा थाहा छ ? बलिउडका कलाकारले एक–अर्कालाई आफ्नो आइडल मान्ने गर्छन् । 

एउटा अन्तरवार्तामा अभिनेता अक्षय खन्नाले ऐश्वर्या रायको विषयमा यस्तो कुरा गरेका थिए कि नायकको कुरा सुन्दा उनी ऐश्वर्याका कति ठूला फ्यान हुन् भन्ने स्पष्ट हुन्छ । ऐश्वर्या र अक्षयले दुईवटा फिल्ममा सँगै काम गरेका छन् । अक्षय खन्नाले ऐश्वर्याबारे त्यस्तो के भनेका थिए, त्यसबारे जानकारी लिऔं । 

ऐश्वर्या र अक्षय खन्नाले फिल्म ताल र आ अब लौट चलेमा सँगै काम गरेका थिए । दुबै फिल्ममा दर्शकले ऐश्वर्या र अक्षयको जोडीलाई निकै रुचाएका थिए । सन् २०१७ मा अक्षय खन्ना आफ्नो फिल्म ‘इत्तेफाक’ को प्रोमोशनका बेला करण जोहरको टक शोमा पुगेका थिए । शोका करणले अक्षयलाई इन्डष्ट्रिमा सबैभन्दा सेक्स नायिका को हो भनेर सोधेका थिए । यसको जवाफमा अक्षयले ऐश्वर्याको नाम लिएका थिए । 

अक्षय खन्नाले ऐश्वर्याको नाम लिँदै भनेका थिए, ‘म जतिबेला ऐश्वर्यालाई भेट्छु तब मेरो नजर उनीबाट हट्नै सक्दैन । यो कुनै पुरुषका लागि निकै लज्जित बनाउने किसिमको हुन्छ तब ऐश्वर्यालाई यसको बानी गरिसकेको छ । तपाईं पागलजस्तै ऐश्वर्यालाई घुर्न थाल्नुहुन्छ ।’
उक्त शोमा अक्षय खन्नामात्रै नभई नायिका सोनाक्षी सिन्हा पनि पुगेकी थिइन् । उनले पनि ऐश्वर्याको तारिफ गर्दै भनिन्, ‘पुरुष मात्रै होइनन्, म पनि ऐश्वर्याबाट नजर हटाउन सक्दिँन । उनी गज्जबकी सुन्दर छिन् ।’
कामको कुरा गर्नु पर्दा ऐश्वर्यालाई अन्तिम पटक फिल्म ‘फन्ने खां’ मा देखिएको थियो । यो फिल्ममा उनीसँग मुख्य भूमिकामा अनिल कपुर र राजकुमार राव थिए । यसबाहेक उनी मणिरत्नमको फिल्म ‘पोन्नियन सेल्वेन’ मा देखिनेछिन् । जसमा उनीसँग विक्रम, तृशा कृष्णन, जयराम रवि र कार्ती मुख्य भूमिकामा देखिनेछन् । 

   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप