शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसद विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्छौँ : प्रचण्ड

शनिबार, ०८ जेठ २०७८, १३ : ५६
शनिबार, ०८ जेठ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएका छन् । उनले संविधानको हत्या गर्ने षड्यन्त्र अनुरुप सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको आरोप लगाए । 

उनले संसद विघटनको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा समेत गरे । राष्ट्रपति र प्रधानमन्त्रीले गएराति प्रतिनिधिसभा भंग गर्ने घोषणा गरेपछि त्यसको विरोधमा रहेका विपक्षी गठबन्धनको बैठक बसेको छ भने सो बैठकले विघटनलाई असंवैधानिक भएको ठहर गर्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप