शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा एक दिनमा साढे २ लाख सङ्क्रमित, ४ हजारको मृत्यु

शनिबार, ०८ जेठ २०७८, १५ : ३५
शनिबार, ०८ जेठ २०७८

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुई लाख ५७ हजार २९९ जना सङ्क्रमित भएका हुन् ।

भारतमा सोही अवधिमा थप चार हजार १९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५७ हजार ६३० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल दुई करोड ६२ लाख ८९ हजार २९० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको तथ्यांक छ । ती मध्ये २९ लाख २३ हजार ४०० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म दुई लाख ९५ हजार ५२५ जनाको मृत्यु भएको छ । तर सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ३० लाख ७० हजार ३६५ पुगेको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप