केन्द्रीय संस्करण
सम्झना

सम्झनामा खड्गजित बराल : आईजीपी होस् त यस्तो !

प्रहरी संगठनले गुमायो अभिभावक

person explore access_timeजेठ ९, २०७८ chat_bubble_outline0

 

नेपाल प्रहरीलाई आधुनिकीरणको बाटो देखाउने पूर्वआइजीपी खड्गजित बराल जेठ ५ मा संसारबाट बिदा भएका छन् । उनका निधनबाट प्रहरी संगठनका अधिकारीहरुले अभिभावक गुमाएको महसुस गरेका छन् । ९३ वर्षको उमेरमा पूर्वआईजीपी बरालको निधन भएको हो । 

खड्गजित बराल फौजमा छिरेको १४ वर्षको सेवा अवधिमै प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) भए । नेपाल प्रहरीको इतिहासमा बराल यस्ता महानिरीक्षक हुन् जसले पेन्सनका लागि चाहिने २० वर्ष सेवा अवधि नपुग्दै महानिरीक्षकको चार वर्षको कार्यकाल पूरा गरे ।

आईजीपीले समेत पेन्सन नपाउने अवस्था भएपछि दरबारले उनलाई थप दुई वर्ष कामु महानिरीक्षक बनायो । नेपाल प्रहरीको इतिहासमा बरालले ६ वर्ष महानिरीक्षक बन्ने अवसर पाएका थिए । बराल २०२९ असारमा प्रहरीको सर्वोच्च पदमा पुगे, २०३५ मा अवकाश पाए । 

क्रान्तिमा होमिएका, रामदलबाट आएका र तत्कालीन शाही सेनाबाट आएकालाई आईजीपी बनाउने परम्परालाई बरालले नै ब्रेक लगाएका थिए । उनी खुला प्रतिस्पर्धाबाट प्रहरीमा भर्ना भएर आईजीपी बन्ने पहिलो व्यक्ति हुन् ।  तोरण शम्शेर र नरशमशेर सेनाबाट गएर आईजीपी भएका थिए । शाही सेनाबाट आएका विभागीय प्रमुख हुने हुनाले तत्कालीन प्रहरी सङ्गठन ‘आर्मी डोमिनेटेड’ थियो । तर, खड्गजितले त्यसबाट प्रहरीलाई बाहिर निकाले ।

पाटी, पौवामा बसेर जनधनको सुरक्षा गर्नुपर्ने प्रहरीको बाध्यता थियो । बरालले पुलिसका लागि भवन बनाउने कामको पहलकदमी लिए । सरकारसँग थोरै पैसा लिने अनि व्यापारी र समाजसेवीसँग चन्दा लिएर भवन बनाउने कामको सुरुवात बरालले नै गरेको बताउँछन् उनलाई नजिकबाट जानेका पूर्वप्रहरी उपरीक्षक शेरबहादुर कार्की । बराल आईजीपी हुँदा क्राइम सिन फोटोग्राफर रहेका पूर्वएसपी कार्कीले रातोपाटीसँग भने– ‘सरकारसँग भनेर थोरै रकम निकासा गराउने अनि जनतासँगको पार्टनरसिपमा चन्दा उठाएर त्यतिबेला धेरै भवन बनेका थिए । अनि प्रहरी पौवाबाट आफ्नै कार्यालय र ब्यारेकमा सर्न थाले ।’

भारतमा बसेर उनले एमए तहसम्म पढे । २००७ सालको क्रान्तिमा मुक्ति सेनाका रूपमा पनि उनी लडाइँमा होमिएका थिए । नेपाली काँग्रेस, राजा  र राणाबीच प्रजातन्त्र स्थापनाको सहमति भएपछि बराल प्रहरी बन्ने प्रतिस्पर्धामा होमिए ।

प्रहरीको उच्च पदमा पुगेपछि बरालले सीमा सुरक्षाको अवधारणा अगाडि सारेका थिए । दरबन्दी निकासा गरेर नेपाल–भारत सिमानामा प्रहरी बस्न थालेको थियो । तराईमा महेशपुर, झुलाघाट र मिर्चैयामा भवन पनि बनेको थियो । पछि सीमा सुरक्षाको जिम्मेवारीबाट प्रहरीलाई हटाइयो ।

पुलिसले रासन र कपडा पाउने भएपछि तत्कालीन शाही सेनाका अधिकृत रिसाएको सम्झन्छन् पूर्वएसपी शेरबहादुर कार्की । ‘त्यो ठूलो परिवर्तन थियो’ पूर्व एसपी कार्कीले रातोपाटीसँग भने– ‘उहाँले कसरी दरबारलाई फकाउनुभयो भनेर आर्मीका मान्छेहरू बराल सरसँग रिसाएका थिए ।’

जसले रासन दिलाए

बराल आईजीपी हुँदा प्रहरीको असईको तलब १ सय १९ रूपैयाँ थियो ।  गण र तालिम केन्द्रमा बस्नेले मात्र रासन सुविधा पाउँथे । घर नगएर त्यहीँ बस्नु नपर्ने हुनाले उनीहरुलाई सेना सरह रासन दिइन्थ्यो ।

१ सय १९ रूपैयाँ तलबले काठमाडौँमा डेराभाडा तिरेर चिटिक्क युनिफर्ममा सजिएर कार्यालय जान प्रहरी कर्मचारीलाई धौधौ थियो । अझ सिपाही र हवल्दारको तलब त झन् थोरै थियो । हक्की स्वभावका बरालले दरबारमा कुरा गरेर प्रहरीलाई रासन र स्केलमा निःशुल्क युनिफर्म सुविधा दिने व्यवस्था मिलाए ।

प्रहरीका लागि मासिक २० केजी चामल, साढे २ केजी दाल, आधा किलो मासु र १ धार्नी आलु सरकारले दिन थाल्यो । सो रासनको मूल्य त्यतिबेलाको करिब  ९० रूपैयाँ हुन्थ्यो ।

पुलिसले रासन र कपडा पाउने भएपछि तत्कालीन शाही सेनाका अधिकृत रिसाएको सम्झन्छन् पूर्वएसपी शेरबहादुर कार्की । ‘त्यो ठूलो परिवर्तन थियो’ पूर्व एसपी कार्कीले रातोपाटीसँग भने– ‘उहाँले कसरी दरबारलाई फकाउनुभयो भनेर आर्मीका मान्छेहरू बराल सरसँग रिसाएका थिए ।’

अनि भूपूले पाए परिचयपत्र

खड्गजित बराल हक्की स्वभावका थिए । एकदिन उनी सिंहदरबार छिर्दै थिए । दक्षिणी गेटमा प्रहरी कर्मचारीले उनलाई रोकेर सोधे– ‘पास खोई ?’ उनले ‘म पूर्वआईजीपी बराल’ भने । पास चेकजाँच गर्ने कर्मचारीले उनलाई भने– ‘मैले चिनिनँ तपाईंलाई, पास मगाउनुस् ।’

त्यतिबेला प्रहरी महानिरीक्षक थिए कुवेरसिंह राना । बरालले रानालाई फोन गरेर भने– ‘मलाई एउटा परिचयपत्र बनाएर घरमा पठाइदे ।’ उनी प्रायः सबैलाई ‘तँ’ सम्बोधन गर्थे । रानाले परिचय पत्र बनाएर महाराजगञ्जस्थित उनको घरमा पठाइदिए । ‘त्यसपछि अवकाशप्राप्त प्रहरी कर्मचारीले पनि परिचयपत्र पाउन थाले’ पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्– ‘हामीसँग अहिले पूर्वप्रहरीको परिचयपत्र छ, त्यो बराल सरकै कारणले सुरु भएको थियो ।’

आईजीपीबाट अवकाश पाएको करिब ४० वर्षपछिसम्म पनि बरालमा कमान्डिङ स्पिरिट थियो । प्रहरीका गतिविधि नजिकबाट नियाल्थे । गल्ती गरेको देखेमा फोन गरेर हपार्ने र राम्रो गरेमा ‘स्यावास’ भन्ने शैली थियो बरालको । ‘सङ्गठन मेरो हो भन्ने भाव उहाँमा पछिसम्म पनि देखिन्थ्यो,’ पूर्वडीआईजी मल्ल भन्छन्–‘हामी सबैले उहाँलाई अभिभावकका रूपमा हेथ्र्यौं।’

उपचारका लागि विदेश पठाउनका लागि बीपीको पासपोर्ट बनाउनुपर्ने भयो । बरालले शेरबहादुर कार्कीलाई बोलाए । बरालले नै कार्कीलाई क्राइम सिन फोटोग्राफरको तालिम लिन भारत पठाएका थिए । ‘म भर्खर तालिम लिएर फर्केको थिएँ’ पूर्वएसपी कार्कीले रातोपाटीसँग भने– ‘बीपी कोइरालाका दम्पतीको फोटो मैले प्रहरी एकेडेमीमा खिचेको हुँ, बराल सर पनि सँगै हुनुहुन्थ्यो ।’

आईजीपीबाट अवकाश भएपछि १९९२ तिर बराल यूएन मिसनमा काम गर्थे । बराललाई पहिलो पटक कम्बोडियामा देखेको सम्झन्छन् पूर्वडीआईजी मल्ल । उर्दु भाषा र हिन्दीमा बराल पोख्त थिए । विश्व इतिहास र भूगोलको राम्रो ज्ञान भएका पूर्वआईजीपी हुन् बराल । हेमन्त मल्ल सम्झन्छन्– ‘कम्बोडियामा सँगै यात्रा गर्दा मान्छेको अनुहार हेरेर कुन देशको भन्नुहुन्थ्यो ।’

बीपी र बराल

बीपी कोइराला र बरालको राम्रो सम्बन्ध थियो । राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी भारतबाट फर्किंदा त्रिभुवन विमानस्थलमा नाराबाजी भयो । एकथरी मान्छेले ‘बीपीलाई फाँसी दे’ भनेर नारा लगाए । बीपीको सुरक्षाका लागि सुन्दरीजलमा लगेर राखिएको थियो । स्वास्थ्य समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित तालिम केन्द्रमा ल्याइएको थियो । बराल प्रहरी प्रमुख थिए । बीपीलाई भेट्न बराल तालिम केन्द्रमा गइरहन्थे ।

उपचारका लागि विदेश पठाउनका लागि बीपीको पासपोर्ट बनाउनुपर्ने भयो । बरालले शेरबहादुर कार्कीलाई बोलाए । बरालले नै कार्कीलाई क्राइम सिन फोटोग्राफरको तालिम लिन भारत पठाएका थिए । ‘म भर्खर तालिम लिएर फर्केको थिएँ’ पूर्वएसपी कार्कीले रातोपाटीसँग भने– ‘बीपी कोइरालाका दम्पतीको फोटो मैले प्रहरी एकेडेमीमा खिचेको हुँ, बराल सर पनि सँगै हुनुहुन्थ्यो ।’

बरालले बीपीलाई दाइ र पत्नीलाई भाउजू भन्ने गरेको बताउँछन् पूर्वएसपी कार्की । दरबार र प्रहरीका अरू अधिकृतलाई थाहै नदिई कार्कीले बराल र बीपीको फोटो खिचेका थिए । ‘फोटोग्राफी शाखा हनुमानढोकामा थियो, त्यहाँबाट गएर श्यामश्वेत फोटो खिचेको थिएँ’ कार्कीले रातोपाटीसँग भने ।

बरालसँग पछिसम्म पनि काठमाडौँका सडकमा ड्युटी गर्ने प्रहरी कर्मचारी डराउँथे । बद्मासी गरेको देखेमा उनले हपारिहाल्थे । आईजीपलाई फोन गरेर भनिदिन्थे– ‘फलानो ठाउँमा ड्युटीमा बस्ने कर्मचारीलाई करेक्सन गर्नु है ।’

बराल मनमा दया भएका तर मुख छुचो भएका आईजीपी थिए । मान्छेलाई मान्छे नगन्ने स्वभाव चाहिँ थियो । ‘कसैको जागिर खाइहालुँ, पेटलमा लात हानुँ भन्ने थिएन’ पूर्वएसपी कार्की भन्छन्– ‘कर्मचारीलाई सुधार्नुपर्छ भन्ने भावना थियो ।’

पुरानादेखि अहिलेका पुस्तासम्मका प्रहरीलाई बरालले ‘तँ’ भनेर बोले, बोलाए । तर उनी तत्कालीन गृहमन्त्रीहरु हुमबहादुर श्रेष्ठ र दलबहादुर सिंहलाई उनी दाइ भन्थे । ‘सुरुमा ‘मन्त्रीज्यू’ भन्नुहुन्थ्यो तर दाइभाइको सम्बन्ध थियो,’ पूर्वएसपी कार्की सम्झन्छन् ।

दरबारका प्रिय

बरालसँग पछिसम्म पनि काठमाडौँका सडकमा ड्युटी गर्ने प्रहरी कर्मचारी डराउँथे । बद्मासी गरेको देखेमा उनले हपारिहाल्थे । आईजीपलाई फोन गरेर भनिदिन्थे– ‘फलानो ठाउँमा ड्युटीमा बस्ने कर्मचारीलाई करेक्सन गर्नु है ।’

त्यसो त बरालसँग उनको पालाका गृहमन्त्री पनि डराउँथे । उनी आईजीपी हुँदाका गृहमन्त्री होमबहादुर श्रेष्ठ र खड्ग बहादुर सिंह डराएको सुनाउँछन् पूर्वएसपी कार्की । ‘सीधै दरबारमा रिपोर्टिङ हुने हुनाले उहाँसँग मन्त्री नै डराउँथे,’ कार्की भन्छन्– ‘दरबारसँग निकट भएको देखेर डराउने वातावरण बनेको थियो ।’

बराल हक्की भएको हुनाले नै दरबारले मन पराएको हुनुपर्छ । तत्कालीन राजा वीरेन्द्रसँग बिनाहिचकिचाहट बोल्थे बराल । ‘बराल सरको त्यो शाहस मैले देखेँ,’ पूर्वएसपी कार्की भन्छन्–‘राजालाई ब्रिफिङ गर्नै शैली गज्जबको थियो, सोधेको भन्दा बढी भन्नुहुन्थ्यो सबै कुराको ज्ञान थियो ।’

प्रहरीबाट अवकाश पाएपछि दरबारले नै उनलाई बर्माको राजदूत र सांसदमा मनोनीत गरेको थियो । २०४४ सालतिर खड्गजित सांसद मनोनीत भएका थिए । उनी इन्डोनेसिया, सिङ्गापुर, लाओस, कम्बोडिया र भियतनामका लागि पनि राजदूत बनेका थिए

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.