बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अरस्तु र उनका केही उत्प्रेरक भनाइ

सोमबार, १० जेठ २०७८, ०९ : ३३
सोमबार, १० जेठ २०७८

                                                                 
युनानी दार्शनिक अरस्तु प्लेटोका शिष्य र सिकन्दर महान्का गुरु थिए । उनका दर्शनले मध्ययुगीन शिक्षालाई व्यापक प्रभावित गरेको छ । यसबाट मध्ययुगमा ईश्लाम र यहुदी विचार बढी प्रभावित थिए भने क्रिश्चियन खासगरी रोमन क्याथोलिक मतलाई आज पनि  उत्तिकै प्रभावित हुँदै आएको छ । प्रस्तुत छ उनै दार्शनिक अरस्तुका केही उत्प्रेरक भनाइ । 

१, महिलाहरू भनेका प्रकृतिका सुन्दर उपहार हुन् । यदि उनीहरू थिएनन् भने सारा संसार बेइमानीको अखडा बाहेक केही हुने थिएन । 

२, जीवनमा पैसाको ठूलो मूल्य हुन्छ तर एउटा निश्चित विन्दुमा पुगेपछि त्यो पनि अर्थ हीन पुग्छ । 

३, कुनै पनि मानिसलाई उसको स्वभावले नै विश्वसनीय बनाउँछ न कि धन सम्पत्तिले । 

४, साथीको बिना कोही पनि जिउन सक्दैन चाहे ऊ जति नै वैभवशाली किन नहोस् । 

५, साँचो प्रशंसा त्यही हुन्छ, जुन पीठ पछाडि गरिएको छ ।  

६, कसैले पनि त्यस्तो चीजसित साँचो माया गरेको हुँदैन, जोसित ऊ डराएको हुन्छ । 

७, खराब मानिसको मन सदा पश्चात्तापले भरिएको हुन्छ । 

८, डर भनेको यस्तो दर्द हो, जो खराब चीजको चाहनाबाट उत्पन्न हुने गर्छ ।

९, जो सबैको मित्र हुन खोज्छ वास्तवमा ऊ कसैको पनि मित्र हुन सक्दैन ।  

१०, खुसी भनेको बाहिरबाट आउने नभई आफैँमा निर्भर हुने कुरा हो । 

११, मानिस प्राकृतिक रूपमै ज्ञानको भोको हुन्छ, जसको सुरुवात गर्भैदेखि भएको हुन्छ । 

१२, चरित्र नै मानिसको आफ्नो कुरा मनाउन सक्ने सर्वाधिक प्रभावशाली माध्यम हो । 

१३, हितैषी त्यही हो, जसले अफ्ठ्यारो पर्दा सघाउने गरेको छ ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप