बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘ओलीको राष्ट्रवाद खोक्रो होला भन्ने बेलैमा बुझेनौं’

संसद प्रधानमन्त्री जन्माउने आमा हो, ओलीले हत्या गर्नुभयो : विरोध खतिवडा
मङ्गलबार, ११ जेठ २०७८, १९ : ०६
मङ्गलबार, ११ जेठ २०७८

 नेकपा एमाले खनाल–नेपाल समूहका नेता हुन् विरोध खतिवडा । एमालेका पुराना नेतामध्येमा पर्ने उनी ओलीको कारवाहीको दोस्रो सूचीमा छन् । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल लगायत ११ जनालाई ओलीले पार्टीबाट निष्काशन गरेकै दिन खतिवडासहित १२ जनालाई स्पष्टीकरण सोधिएको छ ।

नेकपा एमालेमा ओलीको कारवाही र स्पष्टीकरण श्रृंखलापछि खनाल–नेपाल समुह अब कसरी अगाडि बढ्छ ? प्रस्तुत छ, यसै विषयमा केन्द्रित रहेर नेता खतिवडासँग रातोपाटीले गरेको कुराकानी :

अब नेकपा एमाले विभाजन भएकै हो ?

सर्वोच्चले जब फागुन २३ गते संसद विघटनलाई बदर गर्यो, त्यसपछि अध्यक्ष केपी ओलीले एमाले फुटाउने अभियान सुरु गर्नुभएको हो । अहिले पार्टी नेताहरुलाई पार्टीबाट निकालेर त्यो अभियानलाई मूर्त रुप दिने प्रयास गरिरहनुभएको छ ।

तपाईंहरुको समूहका नेतालाई अध्यक्ष ओलीले पार्टीबाटै निस्कासन गरिसक्नु भएको छ । तपाईंहरु अब सहजै एमाले छोड्न सक्नुहुन्छ त ?

सहज र गाह्रो भन्ने कुरा आउँदैन । सम्भावनाका ढोकाहरु जहिले पनि बाँकी रहन्छन् । नेपालको कम्युनिस्ट आन्दोलन तहस–नहस हुन दिनुहुँदैन भनेर हामीले भरमग्दुर प्रयास गरेका हौं । पहिला नेकपा फोर्नुभयो, अहिले एमाले फोर्नुभएको छ । ओलीले एमाले फटाएको अन्तिम उदाहरण हो ११ जना नेताको निस्कासन । अझै अरु कतिलाई पनि त्यसै गर्नुहुन्छ, त्यसपछि उहाँको अभिष्ट पूरा होला ।

लोकतन्त्र र गणतन्त्रलाई उहाँले रुचाउनुभएको छैन भनेर धेरै हल्ला चलेका थिए । हामीले होइन होला भन्यौं । किनभने, त्यत्रो आन्दोलनबाट आएको मान्छे, त्यस्तो हुँदैन होला भन्ने हाम्रो बुझाइ थियो । तर, संसदमाथि बारम्बार प्रहार गर्नुभयो । जालीझेली, किर्ते र पदलोलुपता भनेर अरुलाई भन्नुहुन्थ्यो । तर, त्यो गुण त उहाँमै रहेछ भन्ने उहाँका पछिल्ला क्रियाकलापबाटै पुष्टि भयो ।

संविधानका धारा उपधाराको गलत व्याख्या पनि उहाँले नै गर्नुभयो ।  म हारेँ, मसँग मत छैन, अल्पमतमा परेँ अब छोड्छु भन्नुभयो । संविधानको धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत लिन्न, अरु दललाई प्रधानमन्त्री बन्न मार्गप्रशस्त गर्छु भनेर लिखित र मौखिक भनेको मान्छे, १२ घण्टा नबित्दै १५३ जना मैसँग छन् भनेर राष्ट्रपतिकोमा जानुले उहाँको नियत खराब छ भन्ने प्रस्टै छ । त्यसो गर्नु भनेको ७६ को ४ बाट विश्वासको मत नलिन झुट बोलेको रहेछ भन्ने कुरा १५३ नक्कली दावी गर्दा देखियो ।

अध्यक्ष र संसदीय दलको नेताको हैसियतले उहाँले विधि पद्दति पुगेको भए सभामुख र संसद सचिवालयलाई कारवाहीका लागि पत्र दिने हो । तर, सांसदलाई कारवाही गर्दैछु, गणना नगर्नू भनेर राष्ट्रपतिलाई बुझाउने हो ? योजस्तो गाईजात्रा अरु के हुन्छ ? यस्ता नौटंकी खेल केका लागि ? पदका लागि होइन ?

१४९ जनाको सक्कली दाबी हाम्रोतर्फबाट जाँदैछ भन्ने बुझेपछि बिगार्न नक्कली दावीसहित राष्ट्रपतिकोमा पुग्नुभयो । नक्कली दाबी लगेर राष्ट्रपतिलाई आफ्नो कठपुतली बनाएर उहाँकै योजनामा कतै पनि विश्वसनीय आधार नदेखिने भनेर राष्ट्रपतिलाई वक्तव्य निकाल्न लगाउनुभयो । सरकार निर्माणका लागि संसदको टाउको गन्ने काम राष्ट्रपतिले गर्नुभयो । त्यसमा ओलीले पहिल्यै यो यो मान्छे निकाल्ने सम्भावना छ, उनीहरुलाई नगन्नु भनेर राष्ट्रपतिलाई भन्नुभयो र राष्ट्रपतिले त्यही कुरा मान्नुभयो ।

अध्यक्ष र संसदीय दलको नेताको हैसियतले उहाँले विधि पद्दति पुगेको भए सभामुख र संसद सचिवालयलाई कारवाहीका लागि पत्र दिने हो । तर, सांसदलाई कारवाही गर्दैछु, गणना नगर्नू भनेर राष्ट्रपतिलाई बुझाउने हो ? योजस्तो गाईजात्रा अरु के हुन्छ ? यस्ता नौटंकी खेल केका लागि ? पदका लागि होइन ?

भन्नलाई उहाँ विपक्षी गठबन्धनले किर्ते हस्ताक्षर गरेको भन्नुहुन्छ । म उहाँलाई एउटा किर्ते हस्ताक्षर देखाउन चुनौति दिन्छु । अर्को, ओलीजी सत्ताका लागि जे पनि गर्छन् भनेर अरुलाई भन्नुहुन्छ, गर्नेबेलामा आफू जे पनि गर्नुहुन्छ । यस्ता अनेकौं घटनाबाट प्रमाणित भैसकेको छ कि उहाँ लोकतन्त्र, संविधान, वामपन्थी आन्दोलन र एकीकृत कम्युनिस्ट पार्टीप्रति इमान्दार हुनुहुन्न ।

अब एमाले तपाईंहरुको रहेन, आखिर तपाईंहरु जति नै इमान्दार भए पनि पार्टीबाटै लखेटिनुभयो नि ?

कुनै पनि मानिस बहादुर र जिम्मेवार हुन्छ, उसले पार्टी फुटाउँदैन । बरु पार्टी बलियो बनाउँदै लान्छ । त्यस्तो नेता सफल पनि हुन्छ । २० औं बर्ष लगाएर हुर्काएको बच्चा र हुर्काएको विरुवालाई खुकुरीले छप्कायो भने त मरिहाल्छ नि । पचासौं बर्ष लगाएर एमाले बनाउने नेताहरुलाई निष्कासन गर्नु बहादुरी हो ? होइन । पार्टीलाई बलियो बनाउने होइन कि पार्टीबाट निष्कासन, कारवाही र जिम्मेवारीमुक्त गर्नेबाहेक उहाँले केही गर्नुभएन ।

ओलीको मिसन कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने नै हो भनेर कुन आधारमा भन्दै हुनुहुन्छ । जब कि उहाँले त्यो आरोप तपाईहरुमाथि लगाइरहनु भएको छ ?

उहाँ गलत आफू गर्नुहुन्छ, दोष अरुलाई दिनुहुन्छ । उहाँको त्यो स्वभाव नै हो । हामी कम्युनिस्ट आन्दोलन ध्वस्त हुनुहुँदैन भनेर लागेका हौं, त्यो क्रममा जेजे गर्नुपर्ने हुन्छ, त्यो गर्छौं ।

हामीले जुनबेला छानेका थियौं, त्योबेला उहाँ यो स्थितिमा पुग्नुहोला, तानाशाही चरित्र, संघीयता विरोधी भावना होला, कुण्ठा होला, सुसुप्त तहमा राजतन्त्रप्रतिको मोह होला र बाहिर देखाउने राष्ट्रवाद खोक्रो होला भन्ने हामीले बुझेनौं । 

केपी ओलीलाई यो अवस्थामा पुर्याउने तपाईंहरु नै होइन ? गल्ती त तपाईंहरुबाटै पनि भएको होइन र ?

वर्तमानलाई हेरेर सबै कुरा गर्ने हो । भविष्यको अनुमान मात्रै गर्ने हो । एमाले पार्टी निर्माण बाहिर बस्ने थुप्रै नेताले गर्यौं । उहाँ जेल बसेर आउनुभयो । कम्युनिस्ट आन्दोलनकै शिलशिलामा जेल बसेपछि विश्वास गर्नुपर्थ्यो । अर्को, लोकतान्त्रिक आन्दोलनका क्रममा बयलगाडामा चढेर अमेरिका पुगिँदैन पनि भन्नुभयो, त्यसलाई पनि हामीले खण्डन गर्यौं र सफल पारेर देखायौँ । त्यसपछि उहाँले मेरो विश्लेषण गलत भएछ, मैले हुँदैन भनेको थिएँ, मबाट गल्ती भयो भनेर स्वीकारेपछि विश्वास गर्नुपर्यो । त्यो आधारमा एउटा पुरानो मान्छे भएकाले उहाँलाई नेता छान्ने काम भयो ।

तर, पछि आएर शक्ति पाएपछि पार्टीलाई यस्तो तहसनहस पार्नुहुन्छ, सरकार, संविधान, संसद सबै तहसनहस गर्नुहुन्छ भन्ने पूर्वजानकारी हामीलाई भएन । त्यसकारण तपाईले भनेको हामीबाट केही गल्ती पनि भयो । तर, आउने एक बर्ष के हुन्छ भनेर ठोकुवा गर्ने स्थिति पनि त हुँदैन । त्यसैले हामीले जुनबेला छानेका थियौं, त्योबेला उहाँ यो स्थितिमा पुग्नुहोला, तानाशाही चरित्र, संघीयता विरोधी भावना होला, कुण्ठा होला, सुसुप्त तहमा राजतन्त्रप्रतिको मोह होला र बाहिर देखाउने राष्ट्रवाद खोक्रो होला भन्ने हामीले बुझेनौं । 

हामी बचाउन लाग्यौं, उहाँ मार्नतिर लाग्नुभयो । हामी टिकाउन लाग्यौं, उहाँ तोड्नतिर लाग्नुभयो । हामी संविधानलाई पूर्ण सक्रिय बनाएर प्रयोग गर्न चाहान्छांै, उहाँ निस्क्रिय बनाउन लाग्नुभयो । त्यही द्वन्द्वको परिणति अहिले देखिएको हो ।

अहिलेको अवस्था संसदीय व्यवस्था हो । अब ओली त गलत भएछन् । तर, संसदीय अभ्यास विपरीत आफ्नो पार्टीको नेताविरुद्ध अर्को पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने, क्याम्पेन गर्ने तपाईहरुको क्रियाकलाप चाहिँ ठीक हो भनेर कसरी भन्ने ?

गिलासमा आधा पानी छ । त्यो पानीलाई आधा भरि भन्ने कि आधा खाली भन्ने ? यो प्रश्नको जवाफ यसैभित्र छ । हामीले वर्तमान संसदलाई पूर्ण अवधि चलाउन हाम्रो अभियान हो । संसदलाई सर्वोच्चको फैसला अनुसार पूर्णकाल चलाउन हामी त्यसो गर्न बाध्य भयौं ।

ओली सधैं प्वाल, चेप र कापबाट छिर्न खोज्नुभयो । उहाँले जालझेल गरेर संसद भंग गर्नुभयो हामी त्यो रोक्न लाग्यौं । सरकार संसदबाटै दिन सकिन्छ र संसदको ५ वर्षे आयु बीचैमा सक्नुहुन्न भन्ने हाम्रो भनाइ हो । त्यसका लागि संविधानको धाराबमोजिम हामीसँग बहुमत छ भनेर राष्ट्रपतिलाई भनेका हौं ।

हामी बचाउन लाग्यौं, उहाँ मार्नतिर लाग्नुभयो । हामी टिकाउन लाग्यौं, उहाँ तोड्नतिर लाग्नुभयो । हामी संविधानलाई पूर्ण सक्रिय बनाएर प्रयोग गर्न चाहान्छांै, उहाँ निस्क्रिय बनाउन लाग्नुभयो । त्यही द्वन्द्वको परिणति अहिले देखिएको हो ।

वामपन्थी आन्दोलन बचाउन जेजे गर्नुपर्छ, जेजे आवश्यक पर्छ संविधान र कानुनभित्र रहेर त्यो गर्छौ । बारम्बार भनिरहेको छु, नेकपा एमाले बचाउन हामीले भरमग्दुर प्रयास गर्यौं । तर, केपी ओलीले दिँदै दिनुभएन ।

संसद नै बचाउने हुँदा धारा ७६ को २ अनुसार सरकार बनाउन किन त्यसबेला उम्मेदवारी नदिएको त ?

फुटबल खेल ९० मिनेटको हुन्छ । सुरुको १० मिनेटभित्र गरेको गोल चाही गोल र ८० मिनेटमा गरेको गोललाई चाहिँ गोल नभन्ने हुन्छ ? त्यो ९० मिनेटभित्र सुरुमा ५ गोल खान पनि सकिन्छ र अन्तिममा ६ गोल फर्काउन पनि त सकिन्छ । तर, पछिल्लो ६ गोल गर्न सक्नेले सुरुमै किन नगरेको भनेर सोध्नुको अर्थ हुन्छ ? हुँदैन । त्यसकारण, संविधानले हामीलाई सरकार बनाउन जेजे बाटो दिएको छ, त्यसमध्ये जुन उपयुक्त लाग्यो, त्यो प्रयोग गर्यौं ।

त्यसो हो भने एमालेको माधव पक्षले फरक पार्टी बनाउँछ त ?

वामपन्थी आन्दोलन बचाउन जेजे गर्नुपर्छ, जेजे आवश्यक पर्छ संविधान र कानुनभित्र रहेर त्यो गर्छौ । बारम्बार भनिरहेको छु, नेकपा एमाले बचाउन हामीले भरमग्दुर प्रयास गर्यौं । तर, केपी ओलीले दिँदै दिनुभएन ।

ओलीका अहिलेसम्मका गतिविधि हेर्दा उहाँ सुध्रने सम्भावना पनि छैन । बरु अझै बिगार्नुहुन्छ । प्रदेशहरु भंग गर्नुहुन्छ । बाँकी रहेका नेता–कार्यकर्ता निष्कासन गर्नुहुन्छ । विधि विधान मान्ने मान्छे होइन केपी ओली । हाम्रो द्वन्द्व नै त्यसैमा भएको हो ।

हामीलाई हेर्ने दृष्टिकोण नै उहाँको फरक छ । जब भारतीय गुप्तचर संस्थाका हाकिमलाई रातिराति भेटेपछि उहाँका मनोदशा सबै बिग्रिसके । भारतका राष्ट्रिय मिडियामा आएका समाचार पढ्नुस् र उहाँका गतिविधि हेर्दा धेरै कुरा प्रष्ट हुन्छ । त्यसकारण, केपी ओली कम्युनिस्ट आन्दोलनबाट च्युत भैसक्नुभएको छ । पछि बस्ने नबस्ने, त्यो उहाँको कुरा हो, हामी पछि लाग्ने कुरा भएन । तर, हामी आन्दोलन बचाउन हिँड्छौं ।

त्यही भएर निर्वाचन आयोगमा आफ्नै कार्यकर्तालाई नयाँ पार्टी दर्ता गर्न लगाउनुभएको हो ?

आयोगमा एक सय एक पार्टी दर्ता भएका छन् । हामीलाई पार्टी चाहियो भने तिनैमध्ये कुनै एकसँग समझदारी गरेर पनि जान सक्छौं । यी प्राविधिक कुरा हुन् यी ठूला विषय होइनन् ।

ठूलो कुरोचाहिँ के हो त ?

ठूलो कुरा भनेको पहिलो कम्युनिस्ट आन्दोलन बचाउने नै हो । दोस्रो यति लामो जीवन राजनीतिमै बिताएर आएपछि हामी कुनै खुद्रा पसलजस्तो व्यापार गरेर बस्दैनौँ । नेपालको संविधान र ऐन कानुनभित्र रहेर, दलसम्बन्धी ऐनले दिएका सुविधाहरु लिएर पार्टीलाई अगाडि बढाउँछौं । आवश्यक पर्यो भने नयाँ पाटी दर्ता गर्छौं, यी त प्राविधिक कुरा हुन् ।

केशरजंग रायमाझीले त यतिसम्म गरेका थिएनन् । रायमाझी त लोकतन्त्रको प्रधानमन्त्री पनि हुन पाएका थिएनन् । संविधानमा हुँदै नभएको धारा प्रयोग गरेर संसद विघटन गर्नु भनेको कति अपराध हो ? प्रधानमन्त्री जन्माउने संसद हो, केपी ओलीको आमा हो, संसद ।

तपाईंहरुका अगाडि कि माओवादीसँग मिल्ने, कि अर्को पार्टी खोल्ने यी दुई बाहेक अर्को विकल्प छ र ?

अहिले भएका कम्यनिस्ट पार्टी कुनचाहिँ पुष्पलालको कम्यनिस्ट पार्टी छ ? मोहनविक्रम, बैद्य, प्रचण्ड, कुन पार्टीचाहिँ नफुटी बसेका छन् ? जब पार्टी फुट्छ र केशरजंग रायमाझीको बाटो समात्छ, त्यो अवस्थामा नयाँ शिराबाट पार्टी निर्माण अवस्य हुन्छ ।

ओली केशरजंग रायमाझीपथमै गएका हुन् त ?

त्यतिले मात्रै पुग्छ र ? पुग्दैन । घट्नाक्रम हेर्नुस् त । भएको संसद पुस ५ गते संविधानविपरीत भंग गरे । केशरजंग रायमाझीले त यतिसम्म गरेका थिएनन् । रायमाझी त लोकतन्त्रको प्रधानमन्त्री पनि हुन पाएका थिएनन् । संविधानमा हुँदै नभएको धारा प्रयोग गरेर संसद विघटन गर्नु भनेको कति अपराध हो ? प्रधानमन्त्री जन्माउने संसद हो, केपी ओलीको आमा हो, संसद । तर, उहाँले आमालाई नै प्रहार गरेर हत्या गर्नुभयो । अन्तिममा सर्वोच्चले बचाइदियो र त्यही संसदबाट संविधानको अधिकार प्रयोग गरेर सरकार बनाउने हाम्रो प्रयास हो ।

इश्र्या, द्वेष, कुण्ठा र आन्तरिक द्वन्द्वलाई आधार बनाएर संसद भंग गर्न पाइँदैन भनेर सर्वोच्चले व्याख्या नै गरेको छ । यस्तो फैसला आएको ८० दिन नहुँदै फेरि संविधानमा नभएको बाटो समातेर भंग गर्नुभयो । यस्ता जालीझेली प्रधानमन्त्रीका कुरा भएकाले हामी १४६ जना सर्वोच्चको ढोकामा पुगेर प्रधानन्यायाधीशको सामु ल्याप्चे र दस्तखत गरेका हौं । यिनै मान्छेले राष्ट्रपतिकोमा हस्ताक्षर बुझाएको हो ।

सर्वोच्चबाट न्याय मिल्छ भन्नेमा के कति आधार ?

संविधानमा लेखेको कुरा व्याख्या गरेपछि आधार नै त्यही हुन्छ । पुस ५ को भन्दा चौगुणा बढी संसद विघटन बदर हुने आधार छ । सशरीर १४६ जना सर्वोच्च पुगेर गरेको दस्तखत र राष्ट्रपतिलाई बुझाएको हस्ताक्षर नै सरकार बन्ने पर्याप्त आधार हो । त्यसपछि ओलीले नै बोलेको होइन मैले बहुमत पु¥याउन सकिनँ भनेर ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप