बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : बुद्ध कहाँ जन्मिए ?

बुधबार, १२ जेठ २०७८, १३ : ४९
बुधबार, १२ जेठ २०७८

 

 

 

 

 

बुद्ध नेपालमा जन्मियौ लुम्बिनीको ठाउँमा
सुख, ऐस, आराम सबै भएको त्यो गाउँमा
दरबारको आनन्द र मागेको पुग्ने ठाउँमा
राजा बन्ने पालो तिम्रो आफ्नै थियो नाउँमा ।

प्रश्नै प्रश्नको खातमा, घुमेका थियौ तिमी 
मृत्यु, दुःख, बहुलादेखि प्रश्न लियौ मनमा
अध्यात्मिक, दैविक र भौतिक दुःख सब बुझी
ज्ञान खोज्न हिँड्यौ दरबार र माया छोडी ।

तिम्रा उपदेशहरू फैलिएका अनेक ठाउँमा
सूर्यको किरण पनि नपुगेको ती गाउँमा
सीमित छैनौ तिमी अब एसियाको ठाउँमा
तिम्रो ज्योति फैलिरहेछ, विश्व भरको गाउँमा ।

१९९७ मा विश्व सम्पदामा परेको लुम्बिनीमा
भारतीय सम्राटले नै गाडे अशोक स्तम्भ त्यहाँ
चिनियाँ धर्म गुरु र अन्यका यात्रा वृतान्तहरूमा
बुध्द ढुकढुकी छ फेला परेका मार्कर स्टोनहरूमा ।

हल्ला चलेको छ बुद्ध उनी जन्मेको देशमा
कहाँ जन्मे बुद्ध ? यो गाउँ कि त्यो गाउँमा ?
विश्व र सत्यलाई ढाँट्न सकिँदैन है अब
भ्रमको खेती सपँ्रदैन  बुद्ध जन्मेको ठाउँमा ।


ध्रुवप्रसाद गजुरेल

तारकेश्वर नगरपालिका–३, काठमाडौँ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा