शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वर्षको पहिलो पूर्ण चन्द्रग्रहणसहित संसारले ६ वर्षपछि देख्यो ‘सुपर मून’ र ‘ब्लड मून’ (फोटोफिचर)

बिहीबार, १३ जेठ २०७८, १४ : ४३
बिहीबार, १३ जेठ २०७८

सन् २०२१ को पहिलो पूर्ण चन्द्रग्रहण बुधबार भयो । यसमा विशेष कुरा के रह्यो भने बुधबार नै आफ्नो परिक्रमा पथमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक रह्यो । अर्थात् पूर्ण चन्द्रग्रहणको ब्लड मून ७ प्रतिशत ठूलो र १४ प्रतिशत चम्किलो सुपर मूनको अवतारमा देखियो । ६ वर्षपछि ब्लड मून र सुपर मून एकैपटक देखिएको हो ।

यद्यपि, भारतमा पूर्ण चन्द्रग्रहण त देखिएन तर पूर्वोत्तरसहित केही हिस्सामा आंशिक ग्रहण देखियो । देशको बाँकी हिस्सामा ग्रहणको आंशिक छायाका कारण सुपर मून पूर्ण रुपमा रातो नदेखिइकन पहेँलो रङको देखियो ।

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुँदा त्यसै दिन पूर्णिमा परेको छ भने सुपरमून हुन्छ । हुन त चन्द्रमाको न त आकार फेरिन्छ न नै चमक तर धर्ती नजिक भएका कारण यस्तो आभास हुन्छ । वास्तवमा चन्द्रमा पृथ्वीको आसपास अण्डाकार आकारमा चक्कर लगाउँछ । यसकारण थुप्रै पटक यो पृथ्वीभन्दा निकै नजिक आउँछ । यसका कारण चन्द्रमाको आकार सामान्यभन्दा ठूलो देखिन्छ ।

यहाँ हामीले थाइल्याण्ड, हङकङ, क्यालिफोर्निया, टोकियो, इन्डोनेसिया, ब्रिटेनलगायत मेक्सिको, टर्की, हवाइ, ब्राजिल, ब्रिटेन, सिड्नी – अष्ट्रेलियाबाट देखिएको सुपर मूनका केही तस्बिर प्रकाशित गरेका छौं ।

तस्बिर: रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप