शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिममा एमाले झगडा : सपथ खाँदाखाँदै पार्टीबाट निष्कासन

शुक्रबार, १४ जेठ २०७८, २१ : १८
शुक्रबार, १४ जेठ २०७८

पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका एक नवनियुक्त र दुई निवर्तमान मन्त्रीलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो मन्त्रीमण्डलमा समावेश गरेका प्रकाश शाहले सपथ लिँदै गर्दा उनीसहित निवर्तमान मन्त्री कृष्ण सुवेदी र माया भट्टलाई प्रदेश अध्यक्ष कर्णबहादुर थापाले पार्टी सदस्य नै नरहने गरी निष्कासन गरेका हुन् । 

उनीहरुलाई बिहीबार स्पष्टीकरण सोधिएको थियो । संसदीय दलका नेता समेत रहेका शाह शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री बनेका हुन् । त्यस्तै सुवेदी पूर्व सामाजिक विकास मन्त्री र भट्ट उद्योग वन वातावरण तथा पर्यटन मन्त्री रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप