बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिक्षा मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन

शनिबार, १५ जेठ २०७८, १७ : ४७
शनिबार, १५ जेठ २०७८

सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त विनियोजन भएको जनाकारी दिए । 

 उनले एक विद्यालय एक स्वास्थ्यकर्मी सुनिश्चित गर्ने । विद्यार्थीको नियमित स्वास्थ्य जाँच गरिने बताए । २ वर्षभित्र सबै विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याइने पौडेलको भनाइ छ ।

उनले १ हजार ५ सय विद्यालय तथा उच्च माध्यमिक विद्यालयका कक्षाकोठा तथा पूर्वाधार निर्माण सुरु गरिने पनि बताए ।

यस्तै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन गरिएको पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप