शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थीलाई खाजा खुवाउन ८ अर्ब ७३ करोड बिनियोजन

शनिबार, १५ जेठ २०७८, १७ : ५४
शनिबार, १५ जेठ २०७८

अर्थमन्त्री विष्णु पौडेलले बिद्यार्थी खाजा कार्यक्रमका लागि  ८ अर्ब ७३ करोड बिनियोजन गरेको बताएका छन् ।  

पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८÷७९ का लागि बजेट प्रस्तुत गर्दै यसबारे जानकारी गराएका हुन् । 

सबै सार्वजनिक विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि यो रकम छुट्याइएको हो । 

यो कार्यक्रमबाट बिद्यार्थीहरुले पोषणस्तर सुर्धान विद्यालय छोड्ने प्रवृति अन्त हुने उनको भनाई छ । 

यो कार्यक्रमबाट देशभरका ३५ लाख बिद्यार्थी लाभान्वित हुने पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप