शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीभन्दा १२ वर्ष कान्छा छन् कृष्णा अभिषेक, ‘वान नाइट स्ट्यान्ड’ पछि सुरु भएको थियो प्रेमकथा

आइतबार, १६ जेठ २०७८, ११ : १८
आइतबार, १६ जेठ २०७८

हास्यकलाकार कृष्णा अभिषेक ३० मे मा आफ्नो जन्मदिन मनाइरहेका छन् । कृष्णा दिग्गज अभिनेता गोबिन्दाका भाञ्जा हुन् । उनले गोबिन्दाको भाञ्जा भएका कारण सुरुमा लाइमलाइट पाए । कृष्णा गोबिन्दाको मिमिक्री र डान्स स्टेप्स गरेर चर्चित भए । तर यो कुरामा दुई मत छैन कि कृष्णाको करियरको गाडी गोबिन्दाका कारण त चल्यो तर त्यसपछि उनले आफ्नो बलबुँतामा करियरलाई अघि बढाए । अभिषेक आफ्नो वर्कफ्रन्टबाहेक कश्मिरासँगको सम्बन्धका कारण पनि चर्चामा रहन्छन् । चर्चा गरौं यी दुईको प्रेमकथाबारेः

कश्मीरा र कृष्णाले आफ्नो प्रमेकथाको सुरुवातबारे एउटा बोल्ड स्टेटमेन्ट दिएका थिए । दुबैले खुलासा गरेका थिए कि उनीहरुको प्रेमकथा वान नाइट स्ट्यान्डपछि सुरु भएको थियो । कृष्णाले भनेका थिए, ‘क्यासले मलाई सुरुवातदेखि नै हिन्ट दिइरहेकी थिइन् । एकपटक हामी गाडीमा बसेका बेला बत्ती गएको थियो ।’

‘त्यसपछि मैले भनेँ, ‘अब के गर्ने ? ’ यस्तो स्थितिमा सबैले यस्तै नै भन्नेछन् । त्यसपछि जवाफमा कश्मीराले भनिन्, ‘किन केही गर्ने ?’ यसरी नै यो सबै सुरु भएको थियो ।’

कश्मीराले त्यस रातपछि कृष्णा उनका लागि असाध्यै धेरै केयरिङ भएको स्वीकार गरिन् । कृष्णाले कश्मीराका लागि खान लिएर आउँथे ।

कृष्णा र कश्मीरा पहिलो पटक फिल्म ‘और पप्पू पास हो गया’ को सेटमा भेटेका थिए । त्यतिबेला कश्मीरा पहिलो श्रीमानबाट अलग्गिएकी थिइन् । कृष्णा पहिलो दिनदेखि नै कश्मीराका लागि सफ्ट कर्नर राख्ने गर्दथे । तर जब उनलाई कश्मीरा विवाहित हुन् भन्ने थाहा भयो तब उनी निकै निराश भएका थिए ।

पछि जब कृष्णालाई थाहा भयो कि कश्मीरा आफ्ना श्रीमानसँग अलग्गिइसकेकी छिन् तब उनी असाध्यै खुसी भए । कश्मीराको निकै जटिल अवस्थामा पनि कृष्णाले बलियो भएर उनलाई साथ दिए । यी दुई बीच १२ वषको भिन्नता छ । तर यसले उनीहरुबीचको प्रेमलाई अंकुरित हुनबाट रोकेन ।

पहिलो श्रीमानसँगको सम्बन्धविच्छेद पछि यी दुईले आफ्नो सम्बन्धबारे आधिकारिक घोषणा गरे । यो जोडीले ‘नच बलिए’ मा पनि भाग लिएका थिए । यतिबेला कृष्णाको नायिका तनुश्री दत्तासँग अफेयरको खबर पनि आएको थियो । तर कृष्णाले डान्सको सेटमा कश्मीरालाई विवाहको प्रस्ताव राखेपछि यी अड्कलबीच विराम लागेको थियो ।

यी दुईले सन् २०१३ मा गोप्य रुपमा विवाह गरेका थिए । नच बलिएमा कश्मिरालाई प्रस्ताव राख्नुअघि नै यी दुईको विवाह भइसकेको थियो । उनीहरुको विवाह लास वेगासको त्यो स्थानमा भएको थियो जहाँ कश्मीराले आफ्ना पहिलो श्रीमानसँग विवाह गरेकी थिइन् । यी दुईका जुम्ल्याहा सन्तान छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप