बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्षा सिवाकोटी भन्छिन्, ‘नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्दा हुने’

आइतबार, १६ जेठ २०७८, १२ : २०
आइतबार, १६ जेठ २०७८

नेपाली सिने जगतकी चल्तीकी नायिका वर्षा सिवाकोटीले शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा जारी बजेट वक्तव्यमाथि आफ्नो धारणा व्यक्त गरेकी छिन् । धारणा प्रस्तुत गर्दै गर्दा उनले नेतालाई पढाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन हुनुपर्ने बताएकी छिन् ।

आइतबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा उनले सो कुरा बताएकी हुन् ।

उनले लेखेकी छिन्, ‘बजेट त सधैं राम्रो र आनन्द लाग्ने आउने हो, यो पटक झन् राम्रो र कर्णप्रिय लाग्दैछ तर बजेट भाषण सकिने बित्तिकै एक अर्कालाई सत्तोसराप सुरु हुने निश्चित छ । नेताको दिनहुँको किचलोले जनता दिक्क भएका छन् । यो कुरा बुझाउन नेतालाई पढाउने र बुझाउने तालिम केन्द्रका लागि पनि बजेट विनियोजन गर्दा हुने !’

उनको यो स्टेटसमा हालसम्म दुई सय बढीले कमेन्ट गरिसकेका छन् । यसमा उनले मिश्रित प्रतिक्रिया पाइरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप