मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

दिनेशले ल्याए कोरोना महामारीमा उत्साह जगाउने गीत

आइतबार, १६ जेठ २०७८, १३ : १९
आइतबार, १६ जेठ २०७८

कोरोना महामारीको बेला मानिसमा उत्साह जगाउन गीतकार दिनेश खड्काले नयाँ खुसीको गीत ल्याएका छन् । कोरोना महामारीले मानिसमा निराशा छाइरहेको बेला संगीतको माध्यमबाट सकारात्मक सोच्न र आशावादी हुन यो गीतले प्रेरित गर्दछ । 
आफन्त तथा प्रियजन गुमाउन परिरहेको र बिरामी भएकाहरुले उपचारको अभावमा छट्पटाउनु पर्ने विकराल अवस्थामा शब्द संगीतको माध्यमबाट मानिसमा नयाँ उर्जा थप्न  गीत तयार पारेको खड्काले बताए ।
गीतमा बरिष्ठ संगीतकार सुरेश सेन्चुरीको संगीत संयोजन रहेको गीतमा विशाल आत्रेय, सरिता पन्थी, शिव बि.क. र सिमा थापाले स्वर दिएका छन् । 
गीतको म्युजिक भिडियो निर्देशन तथा सम्पादन गीतकार खड्काले नै गरेका छन् । भिडियोमा बिभिन्न समयका भिडियो फुटेज प्रयोग गरिएको छ । २०७२ को भूकम्प समयमा पनि खड्काले यस्तै उत्साह जगाउने २ वटा गीत ल्याएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप