कोरोना संक्रमित गर्भवतीले सुरक्षित रुपमा जन्माइन बच्चा

कोरोना संक्रमित विराटनगरकी एक गर्भवती महिलाले सुरक्षित रुपमा बच्चा जन्माएकी छन् । न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड्स अस्पतालमा संक्रमित महिलाले शनिबार नर्मल डेलिभरीबाट बच्चालाई जन्म दिएकी हुन् ।
३३ वर्षीया महिलाको कोखबाट जन्मिएकी शिशु छोरी र आमाको अवस्था सामान्य रहेको मदर एण्ड चाइल्ड अस्पतालले जनाएको छ । कोरोनाको कहरको बीचमा मदर एण्ड चाइल्ड अस्पतालका वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा.सुभद्रा अग्रवालको नेतृत्वमा नर्मल डेलिभरि मार्फत बच्चा जनमाइएको अस्पतालका प्रशासनले जनाएको छ ।
कोरोना महामारीका बीच अस्पतालले सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ । एक्कासी पेट दुखेपछि महिलाको कोरोना रिपोर्ट समेत पोजेटिभ आएपछि विराटनगरको मोरङ सहकारी अस्पताल लगिएको थियो । तर महिला कोरोना संक्रमित भएकै कारण त्यहाँ उनको भर्ना लिइएन । त्यसलगत्तै नजिकै रहेको मदर एण्ड चाइल्ड अस्पताल लगिएको श्रीमान् पंकज कर्णले बताए ।
कर्णले भने, ‘मदर एउण्ड चाइल्ड अस्पतालमा कोरोना संक्रमित गर्भवती महिला आएसँगै अस्पताल प्रशासनले तदारुकताका साथ उपचारमा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । ‘अहिले आमा र बच्चाको स्वास्थ्यावस्था ठिक छ । अस्पताल प्रशासनले कोरोना भाइरस सङ्क्रमित गर्भवती महिलाको उपचार तथा शल्यक्रियाका लागि छुट्टै कक्षको निर्माणको तयारी गरिएको जनाएको छ’ न्यूरो हस्पिटलको विस्तारित शाखा मदर एण्ड चाइल्ड्स अस्पतालका कार्यकारी निर्देशक अनिसा विष्टले भनिन्, ‘नेपालको संविधानमा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धि हक हुनेछ भनि ब्यवस्था गरिएको छ । साथै महामारीको बेला प्रजनन स्वास्थ्य अति आवश्यक सेवाको रुपमा रहेकोले योसँग सम्बन्धित सम्पूर्ण सेवामा केही पनि अवरोध नआउने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड