शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टिकटकमा ‘फायर च्यालेन्ज’ गर्न खोज्दा जलिन् बालिका

आइतबार, १६ जेठ २०७८, १५ : २७
आइतबार, १६ जेठ २०७८


 अमेरिकाको ओरेगनस्थित एक १३ वर्षीया बालिका टिकटकमा फायर च्यालेन्ज भिडियो बनाउन खोज्दा जलेकी छिन् । डेस्टिनी क्रेन नामकी यी बालिकालाई अहिले आईसियुमा लगिएको छ । उनको घाँटी र पाखुरा नराम्रोसँग जलेको छ । 
आमा किम्बर्ली क्रेनका अनुसार पोर्टल्यान्डस्थित घरमा डेस्टिनी बाथरुममा टिकटक भिडियो खिच्दै थिइन् । त्यहीक्रममा आगलागीमा परिन् ।
डेस्टिनीकी दिदी आन्द्रियाका अनुसार यो घटना १४ मेईको हो र डेस्टिनीकी साथी पनि घटनास्थलमा थिइन् । ‘उनकी साथी चिच्चाइरहेकी थिइन् । उनी टिकटक बनाउँदै थिइन् ।’   

आन्द्रियाको बुझाईमा उनकी बहिनीले एउटा त्यस्तो भिडियोको नक्कल गर्दै थिइन् । जहाँ, बाथरुमको ऐनामा एक मानिसले हेयरस्प्रे छर्छन् र त्यसपछि स्पे्र गरिएको ठाउँमा मैनबत्तीको सहायताल आगो लगाउँछन् । अनि बत्ती निभाउँछन् । अध्येंरोमा वर्गाकार आकारमा फैलिएको आगोको रंग निलो देखिन्छ । 

‘बाथरुममा बिर्को लगाइएको अल्कोहलको बोतल, तथा लाइटर र भाँचिएको मैन भेटिएको छ,’ आद्रियाले भनिन्, ‘त्यसलाई देखेर हामी यस्तो निष्कर्षमा पुग्यौं ।’

पोटल्यान्ड फायर एन्ड रेस्क्युको टोलीले तत्कालै यी बालिकालाई उद्धार गरेको थियो । अनुसन्धान जारी रहेको टोलीले जनाएको छ । फायर फाइटर रब ग्यारीसनका अनुसार यस्ता च्यालेन्जे धेरैको जीवन जोखिममा पारेको छ । आगो लागेको सेकेन्डभरमै छाला जल्ने भएकाले आगोसँग नखेल्न पनि उनले सबैलाई आग्रह गरेका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप