शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहणको क्रममा मृत्यु भएका विदेशीको शव काठमाडौं ल्याइयो (तस्बिरहरु)

आइतबार, १६ जेठ २०७८, १६ : ४०
आइतबार, १६ जेठ २०७८

सगरमाथा आरोहणको क्रममा मृत्यु भएका विदेशीको शव नेपाल ल्याइएको छ । अमेरिकी नागरिक पुवेइ लिउको शव आइतबार काठमाडौं ल्याइएको हो । 

लिउको यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा मृत्यु भएको थियो । सगरमाथाको साउथ कोलको क्याम्पबाट चुचुरोतर्फ जाने क्रममा उनको स्नो ब्लाइन्डनेस र थकानका कारण उनको मृत्यु भएको शेर्पाहरुले जनाएका छन् । 

आइतवार काठमाडौं ल्याइएको उनको शरीर पोष्टमार्टम पश्चात परिवारलाई हस्तान्तरण गर्ने सेभेन समिट ट्रेकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप