प्रदेश २ को बजेट अधिवेशन जेठ २४ मा आह्वान गर्न सिफारिस
सोमबार, १७ जेठ २०७८, १२ : ०९
प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो ।
बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।
प्रदेश प्रमुखले सिफारिश गरे पश्चात् प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान दिवसका अवसरमा ‘नेसनल डे कन्सर्ट’ हुने
-
राष्ट्रियसभाअन्तर्गतका दुई समितिको सभापतिमा तीन जनाको उम्मेदवारी
-
चार दिनदेखि बेपत्ता युवक जङ्गलमा मृत फेला
-
पहिरोले डुम्रे–बेँसीसहर अवरुद्ध
-
भारी वर्षाका कारण गंगबुस्थित चक्रपथको सर्भिस लेन डुबानमा (तस्बिरहरू)
-
विष्णुमती र धोबिखोला आसपासमा सतर्कता अपनाउन आग्रह