शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनिधि चौहानको खुलासा – इन्डियन आइडलमा प्रतिस्पर्धीको झुटो तारिफ गर्न लगाइन्छ

सोमबार, १७ जेठ २०७८, १३ : ३३
सोमबार, १७ जेठ २०७८

सिङ्गिङ रियालिटी शो इन्डियन आइडल १२ को विषयमा विवाद बढ्दै गइरहेको छ । अमित कुमार, अभिजित सावन्त, सोनू निगमपछि अब गायिका सुनिधि चौहानले पनि शोको पोल खोलेकी छिन् । आफ्नो नयाँ अन्तरवार्तामा उनले इन्डियन आइडल छोड्नुको कारणबारे खुलासा गरेकी छिन् ।

सुनिधिले आफ्नो अन्तरवार्तामा भनेकी छिन्, ‘मैले इन्डियन आइडल यसकारण छोडेँ किनभने निर्माताले जे चाहन्छन्, त्यो म गर्न सक्दिनथेँ । ’

उनका अनुसार आफ्नो सोच र विचारलाई पन्छाएर निर्माताले उनलाई प्रतियोगीको झुटो तारिफ गर्न अह्राएका थिए ।

सुनिधि चौहानले इन्डियन आइडलको पाँचौं र छैटौं संस्करणमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्् । सुनिधिलाई शोलाई अनावश्यक रुपमा तानिएको हो भन्ने प्रश्न सोधिएको थियो, यसमा उनले जवाफ दिइन्, ‘यो सबै दर्शकको ध्यान केन्द्रीत गर्नका लागि हो । यसमा प्रतियोगीको कुनै गल्ती छैन । जब प्रतियोगीले तारिफ मात्रै सुन्छन् तब उनीहरु रनभुल्लमा पर्छन् र यस्तोमा वास्तविक प्रतिभा खराब हुने गर्छ ।’

रियालिटी शोजबारे कुरा गर्दै सुनिधि चौहान भन्छिन्, ‘सङ्गीतमा नाम कमाउने सपना देख्नेहरुका लागि यसले निकै ठूलो मञ्च प्रदान गरेको छ । तर यसमा कलाकारकलाई बेफाइदा हुन्छ किनभने मानिसहरु टिभीमा आफ्नो कथा देखाएर रातारात चर्चित हुने गर्छन् र उनीहरुको केही गरेर देखाउने चाहना समाप्त हुने गर्छ  ।’

सुनिधिले यसबारे थप्छिन्, ‘हो, केही मानिसहरुले तर पनि मिहिनेत गर्छन् तर असाध्यै चर्चा पाएपछि उनीहरुको दिमागमा असर पक्कै पनि पर्छ । यो छोटो समयमा पाएको ठूलो उपलब्धि हो । यसमा प्रतियोगीको कुनै गल्ती छैन किनभने यो गेमको नाम टिआरपी हो । ’

सुनिधि चौहानका अनुसार शोमा केही प्रतियोगीको प्रस्तुतीलाई ‘ठिकठाक’ बनाउने काम पनि गरिन्छ । जब उनलाई यसको अर्थ सोधियो तब उनले भनिन्, ‘गीत गाउँदा वा रेकर्डिङका बेला प्रतियोगीले कहिलेकाँही समस्या महसुस गर्छन् जसलाई शो टेलिकास्ट हुनु अघि मिलाइन्छ ।’

सुनिधिका अनुसार उनले इन्डियन आइडल, दिल हे हिन्दुस्तानी र द भोइसजस्ता शोमा निर्णायक बनेकी छिन् । उनले भनिन्, ‘म आज पनि त्यहि भन्छु जो म मनैदेखि महसुस गर्छु । शोमा मलाई चाहने नचाहने विषय शोका निर्मातामा पूर्ण रुपमा निर्भर हुन्छ ।’

स्मरण रहोस्, इन्डियन आइडल १२ को विवाद त्यतिबेला सुरु भयो जब किशोर कुमारका छोरा अमित कुमारले पैसाको बदलामा प्रतियोगीको तारिफ गर्नेबारे बताएका थिए । यसबारे आदित्य नारायणले उनलाई जवाफ फर्काएका थिए । यसका साथै कार्यक्रमका प्रतियोगीलाई पनि ट्रोल गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप