२३ वर्षको उमेरमा सोनू सुदले गरेका थिए सोनालीसँग विवाह, आज यति करोड सम्पत्तिका मालिक हुन्
कोरोना महामारीको समयमा आवश्यकतामा परेकाहरुलाई आफ्नो बलबुँताले भ्याएसम्म मद्दत गरिरहेका बलिउड अभिनेता सोनू सुदको चौतर्फी वाहवाही छ । अभिनेताले धेरैको प्रेम र साथ पाएका छन् ।
सोनूको जन्म पंजाबमा भएको थियो । त्यसपछि उनी कलाकार बन्न मुम्बई आएका िथए । उनले हिन्दी, तेलुगू, तमिल, कन्नड र पंजाबी फिल्ममा उत्कृष्ट काम गरेका छन् । आउनुहोस् नायकको कूल सम्पत्ति कति छ र उनलाई कस्तो जीवनको शौक छ भन्नेबारे जानकारी लिऔं ।
caknowledge.com का अनुसार सोनू सूदको कूल सम्पत्ति १३० करोड भारु हो । सोनू पछिल्लो दुई दशकदेखि बलिउडको फिल्ममा पनि कम गरिरहेका छन् । यसैकारण उनको फ्यान फलोविङ निकै तगडा छ । ब्रान्ड एन्डोर्समेन्ट उनको आयको एक प्रमुख स्रोत हो । उनले सलमान खानसँग दबंगमा काम गरेका छन् । यस्तै, शाहरुख खानसँग ह्याप्पी न्यू इयर मा काम गरेका छन् । सोनू आफ्ना सन्तान र श्रीमतीसँग मुम्बईमा बस्छन् । सोनू सूदकी श्रीमतीको नाम सोनाली सूद हो । सोनालीसँग सोनूको भेट नागपुरमा पढाईको क्रममा भएको थियो । त्यति नै बेला दुईबीच प्रेम बस्यो र यो जोडीले सन् १९९६ मा विवाह गरे ।
सोनू सूद मुम्बईमा लोखन्डवाला इलाकामा २६०० स्क्यावर फिटको घरमा बस्छन् । यसका साथै सोनूको मुम्बईमा अन्य दुई फ्ल्याट छन् । यस्तै जुहूमा उनको आफ्नै होटल पनि छ । यसका साथै मुम्बईमा सोनूका केही कफी पोइन्ट्स पनि छन् ।
सोनू सूदसँग छ थुप्रै गाडीः
सोनू सूदसँग एउटा मर्सिडिज बेन्ज एमएल क्लास ३५० सिडिआई कार छ र यो गाडीको मूल्य ६६ लाख भारु हो । यस्त्ै उनीसँग एउटा अडी क्यू सेभेन छ जसमा उनी आजकाल यात्रा गर्छन् । यो गाडीको मूल्य ८० लाख भारु हो । यति मात्रै होइन, उनीसँग एक पोर्श पनामा पनि छ जसको मूल्य २ करोड भारु हो । सोनूका दुई छोरा छन् – इशान्त र अयान ।
सोनूले अघिल्लो वर्षदेखि हज्जारौं मानिसहरुको मद्दत गरिरहेका छन् । उनले मानिसहरुलाई घर, पैसा र जागिर दिलाएका छन् । उनको घरमा आजकाल हरेक दिन मानिसहरुको भीड लाग्ने गर्छ । जहाँ मानिसहरु उनीसँग मद्दत मागिरहेका हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा