एनआरएनए मेरिल्याण्ड च्याप्टरमा पराजुली निर्वाचित

person explore access_timeजेठ १७, २०७८ chat_bubble_outline0

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा राजु पराजुली निर्वाचित भएका छन् । यसअघि उनी उक्त च्याप्टरमा उपाध्यक्ष थिए ।

यसै साता मेरिल्याण्डमा भएको निर्वाचनबाट पराजुलीसहित १३  सदस्यीय च्याप्टर चयन भएको छ । अध्यक्षमा पराजुलीले मेरिल्याण्डकै विष्णु बराललाई पछि पार्दै निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा प्रेम सुवेदीसहित सचिवमा प्रविण खड्का, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला संयोजकमा सिर्जना बराल, युवा संयोजकमा सञ्जोक कार्कीलगायत् निर्वाचित भएका छन् ।

मेरिल्याण्डमा बस्दै आएका पराजुली स्थापित व्यवसायी हुन् । निर्वाचित भएलगत्तै उनले प्रतिद्वन्द्वीलाईसमेत समेट्दै सबैलाई ऐक्यबद्ध बनाएर लैजाने प्रतिक्रिया दिएका छन् ।

“मैले नेपाल र नेपालीको हितका लागि काम गर्ने छु”, उनले भने, “मिलेर अघि बढ्दा त्यसको प्रतिफल राम्रो हुन्छ भन्ने हाम्रो बुझाई छ ।” पराजुलीसँग बाल्टिमोरस्थित् विभिन्न नेपाली संस्थामा रहेर काम गरेको अनुभव छ । उनले नेपालमासमेत संस्थागत हिसाबले सहयोग गरिरहेका छन् ।

 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।