शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार मदनकृष्णको स्वर रहेको देशभक्ति गीत सार्वजनिक

मङ्गलबार, १८ जेठ २०७८, १० : ३५
मङ्गलबार, १८ जेठ २०७८

 वरिष्ठ कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको स्वर रहेको गीत ‘नेपाः जिगु’ सार्वजनिक भएको छ । नेपाल भाषामा रहेको यो देशभक्ति गीतमा साहित्यकार सुरेन्द्र महर्जन अमरको शब्द छ । 
रामकृष्ण जुजुको प्रस्तुति रहेको गीतमा देश प्राणभन्दा प्यारो, नेपाल आमाको सन्तान भएर मुटुभित्र नेपाल राखेर बाँच्न पाउँ, देशको निमित्त प्राण पनि दिन सक्छु भन्ने जस्ता आसय ब्यक्त गरिएको छ ।

सन्तोष श्रेष्ठको संगीत तथा बुद्ध सायमीको संगीत संयोजन रहेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, रामकृष्ण जुजु, हसना महर्जन, रुक्सना महर्जन, रितिना महर्जन, इशु महर्जन, कुमारी नृत्यमा मैयाँ महर्जन र लाखे नृत्यमा सुजन बज्राचार्यको अभिनय रहेको छ ।

गीतको भिडियो सम्पादन र छायाँंकन अमर चित्रकारले गरेका हुन् भने निर्देशक सुरेन्द्र तुलाधरको रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप