शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पक्राउ परेका अभिनेता करणको दुखेसो : श्रीमतीले मलाई थुकिन्, आफैंले टाउको ठोक्काएर मलाई फसाइन्

मङ्गलबार, १८ जेठ २०७८, १२ : ५५
मङ्गलबार, १८ जेठ २०७८

‘ये रिश्ता क्या कहलाता है’ शोका मुख्य अभिनेता करण मेहरा सोमबार राती पक्राउ परेका थिए । श्रीमती निशाले उनीमाथि कुटपिटको आरोप लगाएकी छिन् । यो पूरा मामिलामा करणले एक भारतीय सञ्चार माध्यमसँग कुरा गरेका छन् । यसबारे करण मेहरा के भन्छन् त ?

करण मेहराले यसबारे भने, ‘यो निकै दुःखको कुरा हो । यति वर्षको मिहिनेत, यत्तिका वर्षको तपाईंको विवाहमा यस्तो भइरहेको छ । यो निकै दुःखको कुरा हो । पछिल्लो एक महिनादेखि छलफल चलिरहेको छ किनभने निकै लामो समयदेखि हामीबीच कुराहरु राम्रो भइरहेको छैन । त्यसैले हामीले हामी अलग हुने हो कि के गर्ने हो भन्नेबारे सोचिरहेका छौं । त्यसैले हामीले कुरा मिलाउने कोसिस गरिरहेका थियौं ।’

‘निशाका भाइ रोहित सेठिया पनि आएका थिए, कुरा मिलाउन । निशा र उनका भाइले एक एलिमनी अमाउन्ट मागे तर त्यो रकम यति महँगो थियो कि मैले त्यो गर्न सक्दिनँ भनेँ । एलिमनीको विषयमा कुरा चलिरहेको थियो, हिजो राती पनि यसबारे कुरा भएको थियो । उनी राती १० बजे म भएठाउँ आएर यसैबारे कुरा गरे । मैले ‘म त गर्न सक्दिनँ’ भनेँ । त्यसपछि उनीहरुले कानूनी हिसाबले गर्न भने । मैले पनि ‘म कानूनी हिसाबले नै गर्छु’ भनेँ । ’

करणले थपे, ‘त्यसपछि म मेरो कोठामा आएँ । त्यसपछि म आमासँग कुरा गर्न थालेँ । त्यति नै बेला निशा भित्र आइन् र उनले मलाई, मेरा आमाबुवा, मेरा भाइहरुलाई गाली गर्न थालिन् । उनी बेस्सरी चिच्याउन थालिन् । यतिमात्रै होइन, निशाले मलाई थुकिन् । त्यसपछि मैले निशालाई कोठाबाट बाहिर जान भने । त्यसपछि निशाले मलाई ‘हेर, अब म के गर्छु’ भनेर बाहिर निस्किइन् ।’

 


‘त्यसपछि निशाले भित्तामा आफ्नो टाउको ठोकिन् र सबैलाई मैले गरेको भनिन् । निशाका भाइले ममाथि हातपात गरे । निशाका भाइले ममाथि हिंसा गरे । उनले मलाई थप्पड हाने र छातीमा पनि हाने । मैले उनका भाइलाई आफूले निशालाई नहानेको बताएँ । यसका लागि सीसीटीभी फुटेज हेर्न पनि भनेँ तर क्यामरा पहिला देखि नै बन्द थियो ।’

करणले भने, ‘उनले भिडियो रेकर्ड गर्न सुरु गरे र त्यसपछि प्रहरीलाई बोलाए तर प्रहरीले केही पनि गरेन किनभने उनीहरुलाई वास्तविकता के हो थाहा छ । झुटो मुद्दा हाल्छौ भने वास्तविकता त आइहाल्छ । भोलि अनुसन्धान हुँदा सत्य त पक्कै पनि आउँछ ।’

करणले भने, ‘निशाले जत्ति माग्छिन्, त्यत्ति नै म कहाँबाट ल्याउन सक्छु ? हाम्रो सम्बन्धविच्छेद हुन लागेको थियो, म यत्ति धेरै पैसा कहाँबाट ल्याउँ । यो सबै म काविश, मेरो छोराका लागि गरिरहेको थिएँ । राम्रोसँग कुरा गरेर पनि कुरा सुल्झाउन सकिन्छ । मेरा आमा–बुवाले पनि कोसिस गरिरहनुभएको थिया । तर निशाले मलाई छोडेर गइन्, मैले देखिरहेको थिएँ कि उनले मेरो छोरालाई मबाट टाढा राख्ने कोसिस गरिरहेकी थिइन् ।’

करणले थपे, ‘म केही बेर प्रहरी स्टेशनमा थिएँ, त्यसपछि म साथीको घर गएँ तर निशाले जे चाहेकी थिइन्, त्यो ममाथि भएन । मैले प्रहरीसँग कुरा गरेँ, उहाँहरुले मेरो कुरा बुझ्नुभयो । निशाले स्थिति सम्हाल्नुको साटो थप बिगारिदिइन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप