शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिडिओहरुको बैठक बस्दै : उपत्यकामा लकडाउन खुकुलो बनाउने तयारी

मङ्गलबार, १८ जेठ २०७८, १३ : १३
मङ्गलबार, १८ जेठ २०७८

काठमाडौं उपत्यकामा रहेका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेका छन् । यसका लागि दिउँसो ४ बजे बैठक राखिएको छ । आजको बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाको समिक्षा गर्दै केही निर्णयहरु गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले रातोपाटीलाई जानकारी दिए । हालसम्म गरिएको निषेधाज्ञा सफलताउन्मुख भएको उनले बताए । 

प्रमुख जिल्ला अधिकारी निरौलाले भने– ‘अहिलेसम्म गरिएको निषेधाज्ञा केही सुधारोन्मुख भएको छ । अहिले संक्रमणदर घट्दै गएको छ भने अस्पतालहरुमा संक्रमितका  लागि उपचार गर्न बेड तथा अक्सिजनको अभाव हटेको छ । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा आज थप छलफल गर्दैछौँ ।’

गत बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउन सुरु गरिएकोमा गत सातादेखि थप कडाई गरिएको थियो । यो सातामा किराना पसल समेत खोल्न दिइएको छैन भने सडकमा सवारी साधनलाई पनि कडाई गरिएको थियो । अब संक्रमणदर कम हुँदै  गएकोले किराना पसल सञ्चालन गर्न दिने तयारी भइरहेको छ । साथै निषेधाज्ञा केही खुकुलो गरेर जाने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप