बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

शिखर इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

मङ्गलबार, १८ जेठ २०७८, १८ : २३
मङ्गलबार, १८ जेठ २०७८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  

निर्जिवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीको रुपमा स्थापित हुन सफल भएको कम्पनी हो । शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२,७५,५७२ कित्ता हकप्रद सेयर आफ्नो सेयरधनीहरूमा जारी गर्दैछ । 

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका कम्पनी सचिव सुरज राजबाहक तथा निष्काशन तथा बिक्री प्रबन्धकका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप