बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

थापाको निधनमा देउवा र प्रचण्डद्वारा दुःख व्यक्त

मङ्गलबार, १८ जेठ २०७८, १९ : ५२
मङ्गलबार, १८ जेठ २०७८

विवेकशील साझा पार्टीका पूर्व संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनप्रति नेपाली कांग्रेस दुःख व्यक्त  गरेको छ ।  एक उदयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका स्वर्गीय थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।

देउवाले थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।  यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि दुःख व्यक्त गरेका छन् । प्रचण्डले भनेका छन्, ‘विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोना भाइरस संक्रमणबाट निधन भएको खबरले दुःख लागेको छ । मृतक थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप