
मकवानपुरमा निषेधाज्ञा उल्लंघन गर्ने १२ पसललाई जरिवाना

जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार निषेधाज्ञा उल्लंघन गरी पसल व्यवसाय सञ्चालन गर्ने पसल तथा व्यवसायलाई जरिवाना गरी ४२ हजार राजस्व संकलन गरेको छ । मंगलबार प्रशासन कार्यालयले स्थलगत अनुगमनका क्रममा निषेधाज्ञा अवधिमा अटेर गरी पसल व्यवसाय सञ्चालन गरेको भन्दै हेटौंडा उपमहानगरपालिका क्षेत्रका १२ वटा पसललाई जरिवाना गराएको हो ।
प्रशासन कार्यालयले ३ वटा खुवा पसल, २ वटा तरकारी तथा फलफूल पसल, एउटा किराना पसललाई ३÷३ हजार जरिवाना गरेको छ भने एक वटा घडी तथा मोवाइल मर्मत पसललाई १ हजार र २ वटा घडी तथा मोवाइल मर्मत पसललाई ४/४ हजार जरिवाना गरेको छ ।
त्यस्तै एउटा हार्डवेयर पसल, एउटा मनी ट्रान्सफर र एउटा कस्मेटिक पसललाई ५/५ हजार जरिवाना गरी कुल ४२ हजार राजस्व संकलन गरेको हो । कार्यालयले हेटौंडा उपमहानगरपालिका वडा नं. ४, ५, ६, ९, १६ र १७ मा अनुगमन गर्दै निषेधाज्ञा उल्लंघन गर्ने पसल तथा व्यवसायीहरुलाई कोभिड़–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा १(क) बमोजिम कारवाही गरिएको हो । त्यस्तै कार्यालयले जिल्लामा कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाको पालना गर्न आग्रहसमेत गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ