बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा ३ हजार बढीको मृत्यु

बुधबार, १९ जेठ २०७८, १३ : ४६
बुधबार, १९ जेठ २०७८

एजेन्सी । भारतमा कोरोनाभाइरस महामारी (कोभिड–१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ ।   

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक लाख ३२ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित भारतमा बुधबारसम्म कूल संक्रमितको संख्या दुई करोड ८३ लाख नाघेको छ ।  तर संक्रमितमध्ये दुई करोड ६१ लाख ७९ हजार निको भएका छन् । अझै १७ लाख ९३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामै रहेका छन् । तर यो संख्या विगत २४ घण्टामा एक लाखले कमी आएको हो । 

मन्त्रालयका अनुसार भारतमा पछिल्ला केही दिनदेखि संक्रमितको संख्यामा निकै कमी आएको छ ।  भारतमा गत जनवरी १६ देखि राष्ट्रव्यापी खोप अभियान थालनी गरिएको थियो । हालसम्म देशभर करिब २१ करोड ८० लाख डोज खोप लगाइएको छ । तर भारतका कैयौं स्थानमा खोपको अभाव देखिएको तथा खोप केन्द्रहरुमा मानिसहरुको ठूलो भिड लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतले हाल १८ वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप दिने नीति लिएको छ । मन्त्रालयका अनुसार, मङ्गलबार एकै दिन भारतमा २३ लाख ९७ हजार डोज खोप दिइएको छ । यसैबीच, भारतले कोभिड–१९ को परीक्षण सुविधालाई अझ सहजीकरण र व्यापक बनाएको छ । हालसम्म भारतमा ३५ करोड नमुना परीक्षण गरिएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप