बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले स्थायी समिति बैठक फेरि स्थगित

बुधबार, १९ जेठ २०७८, १५ : ३४
बुधबार, १९ जेठ २०७८

आजका लागि तोकिएको सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार चार बजेलाई बोलाइएको बैठक भोलि विहीबार जेठ २० गते बस्नेगरी स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाले जानकारी दिए । 

यसअघि पनि गत आइतबारका लागि बोलाइएको बैठक सोमबार हुदै मंगलबार मात्रै बसेको थियो । बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी, बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्यि सभा उपनिर्वाचनलगायतका विषयमा छलफल हुने तयारी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप