शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ढुंगा–गिट्टी बेच्ने निर्णय तुरुन्त खारेज गर्न प्रचण्डको माग

बुधबार, १९ जेठ २०७८, १६ : ५७
बुधबार, १९ जेठ २०७८

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सरकारले बजेटमार्फत सार्वजनिक गरेको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने बिषय तत्काल खारेज गर्न माग गरेका छन् । 

बुधबार आफ्ना भनाई सार्वजनिक गर्दै प्रचण्डले असंवैधानिक सरकारले बजेटमार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा कुर्सी बचाउन खोजेको उल्लेख गरेका छन् । साथै उनले तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् भन्दै माग गरेका छन् ।  

सरकारले बजेटमार्फत भारतसँग व्यापार घाटा कम गर्न नेपालको चुरे क्षेत्रको ढुङ्गा, गिटी, बालुवा भारतमा निकासी गर्ने योजना सार्वजनिक गरेको थियो । सरकारको सो नीतिलाई  लिएर चौतर्फी रुपमा विरोध भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप